चौथो राईजिङ्ग स्टार कप पुरुष भलिवल फागुन १५ देखि

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १३ फागुन ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरा – २७ मा रहेको राईजिङ्ग स्टार युथ क्लबले चौथो राईजिङ्ग स्टार कप पुरुष भलिवल प्रतियोगिता फागुन १५ गते देखि गर्ने भएको छ । पर्यटकीय क्षेत्रबाट विकसित पोखरालाई खेलकुदको मार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न र भलिवल खेलको विकास गर्ने हेतुले फागुन १५ गते देखि १७ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङले जानकारी दिएका छन् । भलिवल खेलमा विकास पुर्याउने लक्ष्य राखेर रिठ्ठेपानी खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा २० टिमले सहभागिता जनाउने अपेक्षा क्लवले गरेको छ । प्रतियोगिताको विजेता टिमलाई क्रमश प्रथम ४० हजार ,द्वितिय २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधाका खेलाडीहरुलाई सम्मान स्वरुप मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक अञ्चल गुरुङले बताएका छन् । वि स २०५३ सालमा स्थापना भएको उक्त क्लवले प्रतियोगिता सञ्चालनबाट प्राप्त आम्दानीको रकमबाट स्थानीय वीर आधारभूत विद्यालयको पछाडिको खाली ठाउँमा रहेको खाल्डो पुरी खेल मैदान निमार्ण गर्ने लक्ष्य राखेको छ ।

क्लवले स्थापना काल देखि शिक्षा, स्वास्थ्य तथा वातावरण यूवा तथा खेलकुद महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्दै आएको छ भने बौद्धिक, अपाड्डता बालबालिका, वृद्धाश्रमको क्षेत्रमा सहयोग र यूवा लक्षित लागु औषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा फुटबल, ब्याटमिन्टन, भलिवल खेलहरु पनि हरेक वर्ष गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्