चौथो राइजिङ स्टार कप पुरुष भलिवल कप सुरु

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १६ फागुन ।
युवाहरुलाई सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडी वढाउदै आएको पोखरा – २७ को राईजिड्ड स्टार युथ क्लबले आयोजना गरेको चौथो राईजिड्ड स्टार कप पुरुष भलिवल प्रतियोगिता बिहिवार देखि सुरु भएको छ ।
बुधवारबाटै सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारणले स्थगीत भई विहिवार राष्ट्रिय सोक परेकाले अनौपचारिक रुपमा नै खेल सुरु गरिएको हो । पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय समाजसेवी जगबहादुर गुरुङ र क्लवका अध्यक्ष विष्णु गुरुङले रेफ्रीको टिमलाई वल प्रदान गरि खेल सुरु गरेका थिए ।
विहिवार भएका आठ खेल मध्य जागृती युवा क्लव पोखरा ३२ , समरजङ पोखरा २६ वी, आयोजक राईजिङ स्टार युवा क्लव र समरजङ पोखरा २६ ए घैटेकोखोर अधिल्लो चरणमा प्रबेश गरेका छन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा र भलिवल खेलको विकास पु¥याउने लक्ष्य सहित रिठ्ठेपानी खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको फाईनल सनिवार हुने भएको छ ।
प्रतियोगिताको विजेता टिमलाई क्रमश प्रथम ४० हजार ,द्धितिय २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधाका खेलाडीहरुलाई सम्मान स्वरुप मायाको चिनो र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक अञ्चल गुरुङले जानकारी दिएका छन् ।
प्रतियोगिता सञ्चालनबाट बचत हुन आउने रकम बाट विर आधारभूत निम्म माध्यमिक विद्यालयको पछाडी रहेको खाली ठा“उमा रहेको खाल्डो पुरी खेल मैदान निमार्ण गर्ने लक्ष्य राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्