प्रथम वेगनास फुटवल कपमा प्रि क्वाटर फाईनलका खेल सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १७फागुन ।
पोखरा ३१ वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास फुटवल कपमा पांचौ दिन बिहिवार ६ खेल सम्पन्न भएका छन् । बिहिबार भएको पहिलो खेलमा नेपाल मुस्लिम युथ क्लबले पोखरा ईन्जिनियरिङ कलेज माथी ४ – १ को जित निकालेको छ । मुस्लिमको जितमा अविनास तामाङले ३ गोल गर्दै ह्याट्रिक गरेका हुन् । प्रतियोगिताको दोश्रो खेलमा मिलनटोल क्लवले आयोजक वेगनास युवा क्लव सि माथि शुन्यका विरुद्ध २ गोलको जित निकाल्यो ।
यस्तै फोर टु फाईभले गेटवे फाउन्डेसन माथि ६ शुन्यको फराकिलो जित निकालेको छ ।अर्को खेलमा कुडहर एफ सि माथी नेपाल मुस्लिम युथ क्लवले ७–० को फराकिलो जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक वेगनास युवा क्लव बि लाई मेरो नेपाल युवा क्लव मझेरीपाटनले शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् ।
प्रतियोगितामा शुक्रबार ४ खेल हुने क्लवका अध्यक्ष राम वहादुर रानाभाटले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्