साफ महिला च्याम्पियनसिपका लागि तयारी तीव्र,

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

१७ फागुन विराटनगर

 नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि विराटनगरस्थित शहीद रङ्गशालामा मर्मत र निर्माणको काम तीव्र पारिएको छ। प्रतियोगिता आउन दुई साताको समय बाँकी रहेका बेला अखिल नेपाल फुटबल संघ, प्रदेश सरकार र महानगरपालिका मिलेर मैदानसहित अन्य पूर्वाधारका कामलाई अन्तिम चरणमा पुर्‍याएका हुन्। विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो। यही फागुन २८ देखि चैत ८ सम्म प्रतियोगिताको आयोजना हुनेछ।

नेपालमा महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा आएपछि एन्फाले विराटनगरलाई प्रतियोगिता स्थलका रूपमा छानेको हो। दशरथ रंगशाला पुनःनिर्माणको अवस्थामा रहेको हुँदा पहिलो छनौट विराटनगरलाई गरिएको हो। विराटनगरको शहीद रंगशालामा विराट गोल्डकपको आयोजना हुँदै आएको छ। यही रङ्गशालामा साफ महिला च्याम्पियनसिप गर्ने निर्णय गरेर एन्फाले तयारी सुरु गरेको थियो।
प्रतियोगिताका लागि मैदानको सतह सम्याई दुबो रोपेर हरियो बनाइएको छ। प्राकृतिक दुबो रोपेर मैदानलाई तयार पारिएको छ। साफ महिला तयारी समितिका संयोजक पङ्कज नेम्बाङका अनुसार तयारीलाई अब अन्तिम स्वरूप दिन मात्र बाँकी छ। त्यसैगरी खेलाडीको चेन्जिङ रुमको काम धमाधम भइरहेको छ। त्यस्तै प्लेयर बक्स सातदोबाटोको एन्फा मैदानमा बनाइएको शैलीमा बनाइदैछ। साथै टेक्निकल, अफिसियल र अन्य स्टाफका लागि पनि छुट्टै रुम बनाउने काम भइरहेको छ। करिब १० हजार दर्शक क्षमताको प्याराफिटलाई रंगाउने काम सकिएको छ भने भिआइपी प्याराफिटमा सिट क्षमता बढाउने काम भइरहेको छ। मैदानको तयारीका लागि एन्फाका केन्द्रबाट आएका पदाधिकारी नियमित निरीक्षणमा रहेका छन। सहिद रंगशाला तयारीका लागि महानगपालिकाले एक करोड रुपैयाँ र प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको छ।  मैदानको अन्य कामका लागि एन्फाले खर्च गरिरहेको बताइएको छ।

सहभागी टिमको प्रशिक्षणका लागि अन्य तीन वटा मैदान छुट्याइएको छ। नेपालको महिला टिमले साफ च्याम्पियनसिपका लागि इटहरीमा तयारी गरिरहेको छ। प्रतियोगिताका लागि फागुन २६ गते अरू टिमहरु आउने तय भइसकेको छ। पहिलो पटक नेपालले आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाललाई यसपटक दोहोरो मौका पनि रहेको छ। पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि अब ६ टिमको सहभागिता रहनेछ। जसमा नेपालले पहिलो खेल भूटानविरूद्ध खेल्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्