प्रथम वेगनास कप अन्तर्गत सैनिक ए र फोर टु फाईभ फाईनलमा प्रवेश

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १८ फागुन ।
पोखरा ३१ मा बेगनास युवा क्लबद्धारा वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा सेमिफाइनलका खेल सम्पन्न भएका छन्।
शनिबार भएको पहिलो क्वाटर फाईनल खेलमा सैनिक ए ले आयोजक वेगनास युवा क्लव माथी २(१ को कठिन जित निकाल्दै फाईनल यात्रा तय गरेको छ। प्रतियोगिताको पहिलो हाफको केही मिनेटमै करण पुनले गोल गर्दै बेगनासको खाता खोलेका थिए। पहिलो हापमा थपिएको १ मिनेटमै सैनिक ए का हेमन्त तामाङले गोल गर्दै वरावरीमा ल्याएका थिए। दोश्रो हाफमा पुन सैनिकको तर्फबाट सुमन घलेले एक गोल थप्दै सैनिकले अग्रता लिए पछि आयोजक वेगनास आफ्नै घरेलु मैदानमा स्तब्ध बनेको हो। प्रतियोगिताको म्यान अफ दि म्याच सैनिकका हेमन्त तामाङ बनेका थिए।
त्यस्तै शनिबार नै भएको अर्को सेमिफाइनल खेलमा मेरो नेपाललाई फोर टु फाईभले शुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सैनिक ए संग फाईनल भेट पक्का गरेको हो। पहिलो हाफमै बिजय गुरुङको एक गोलको मद्दतले अगाडि रहेको फोर टु फाईभले दोश्रो हाफमा पुनः दिपराज गुरुङको अर्को गोल थप्दै अग्रतालाई दोव्वर वनाए। खेलको म्यान अफ दि म्याच फोर टु फाईभका सुशान्त गुरुङ वने।
सोमबार महशिवरात्रीको अवसरमा हुने फाईनल खेलमा उपाधिका लागि सैनिक ए विरुद्ध फोर टु फाईभ मैदान उत्रने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।
यस क्षेत्रकै सर्वा्धिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्। प्रतियोगितामा तेस्रो उपाधिका लागि आयोजक वेगनास र मेरो नेपाल सोमबार मध्याह्न भिड्नेछन्।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले रु ५ हजार प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्