राईजिङ स्टार कप भलिवलको उपाधी समरजुन ए लाई

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १८ फागुन ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरा – २७ को राईजिड्ड स्टार युथ क्लबले आयोजना गरेको चौथो राईजिड्ड स्टार कप पुरुष भलिवल प्रतियोगिताको उपाधी समरजुन ए ले हात पारेको छ ।
रिठ्ठेपानी खेल मैदानमा फागुन १६ गते देखि सञ्चालन भएको प्रतियोगिताको सनिवार भएको फाईनल खेलमा समरजुन बीका विरुद्ध तीन एकको सोझो सेटमा समरजुन ए पोखरा २६ घैटेकोखोरले उपाधी जितेको हो ।
क्लवले सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडी वढाउने उदेस्यले राखिएको पतियोगितामा १६ टीमको सहभागीता रहेको थियो ।
प्रतियोगिताका विजयी समुहलाई पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय समाजसेवी जगबहादुर गुरुङ र क्लवका अध्यक्ष विष्णु गुरुङ लगाएतले सिल्ड, मेडल र प्रमाण पत्र सहित नगद प्रथमलाई ४० हजार र द्धितियलाई २५ हजार हस्तान्तरण गरेका थिए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधाका खेलाडीहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको खेल संयोजक विक्रम खत्रीले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्