गाउँले मिडिया
लेखनाथ, १८ जेठ । श्री कालिका वहुउद्धेश्यीय सामुदायिक सिकाई केन्द्रको उत्प्रेसणा एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा २८ वडा शिक्षाा समितिकाे समन्वयमा उक्त कार्यक्रम शनिबार कालिकामा सम्पन्न भएको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दे वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस सिकाई केन्द्रका पदाधिकारीहरुसँगको सल्लाह बमोजिम पोखरा २८ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाइ लक्षित गरी उत्प्रेरणा कार्यक्रम आयोजना गर्न वडा कार्यालयले समन्वय गरेको बताउनु भयो ।
आगामी आर्थिक वर्षमा यस सिकाइ केन्द्रमार्फत शिक्षा क्षेत्रमा के कस्ता योजना सञ्चालन गर्न सकिन्छ सोही अनुसार वडा कार्यालयलाई सुझाव दिन आग्रह गर्दै वडा अध्यक्ष लामिछानेले वडामा सक्रिय रहेका विभिन्न सामाजिक संघ संस्थाले समग्र वडाको विकासमा गर्ने विभिन्न सामाजिक कार्यमा वडा कार्यालय सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी पोखरा शिक्षा महाशाखाका वरिष्ट शिक्षा अधिकृत कृष्ण प्रसाद भण्डारीले शिक्षकले अध्यापन गर्ने शिक्षण विधिलाई परिमार्जित गर्नुपर्ने बताउनु भयो । शिक्षकले पाठ्यक्रम, शिक्षक निर्देशिका, सामाजिक सञ्जालमा प्रकाशित भएका विभिन्न सन्दर्भ सामग्रीको प्रयोग गर्दै समय सापेक्ष अनुसार शिक्षण गर्न सुझाव दिनु भयो ।
यसै गरी रत्नशोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले उत्प्रेरणा कार्यक्रममार्फत प्रशिक्षकहरुले सबै शिक्षकहरलाई उत्प्रेरणा जगाउनु भएकोमा धन्यवाद दिनु भयो । शिक्षक स्वयम परिवर्तन हुनेपर्ने बताउँदै भोलीबाट नभई आजबाट नै परिवर्तन हुनुपर्नेमा जोड दिंदै प्रविधिको प्रयोग गर्दै शिक्षकहरुले तालिममा सिकेका कुरालाई आफ्नो विद्यालयको कक्षाकोठामा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी पोखरा २८ का वडा सदस्य डाल्डा देवी भुजेलले शिक्षक विद्यालयमा पढाउने शिक्षक मात्रै नभइकन परिस्थिति अनुसार समाजसेवी, न्यायधिस , टोल छरछिमेकमा आवश्यक पर्दा सहयो गर्ने व्यक्तित्व भएको आफूले अनुभुति गरेको बताउनु भयो । वडा कार्यालयको समन्वयमा आयोजित उत्प्रेरणा कार्यक्रम वडा भित्रका शिक्षकहरुलाई दिइएको खण्डमा समुदायमा पनि पुग्ने आफूलाई विश्वास लागेको बताउनु भयो । तालिममा धैर्यता पूर्वक रहेर तालिममा सहभागी भइ सिकेका कुरा कक्षाकोठामा प्रस्तुत गर्न आग्रह गर्नु भयो ।
त्यस्तै गरी कालिका बोडिङ स्कुलका प्रिन्सिपल राजेश भण्डारीले पोखरा महानगरपालिकाको २८ मा रहेका सामुदायिक एवम् संस्थागत विद्यालयका शिक्षकहरुलाई उत्प्रेरणा जगाउनुका साथै शिक्षकहरु बिच समन्वय र सामिप्यता गराउने कार्यक्रमको उद्धेश्य रहेको जानकारी दिनु भयो । वडा नं.२८ शिक्षाको क्षेत्रमा गर्व गर्न लायक रहेको विगतका परिणमबाट पुष्टि भएको बताउँदै भण्डारीेले आगामी दिनमा सि एल सि मार्फत शिक्षा सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका निम्ति सहयोग गर्न वडा कार्यालयलाई आग्रह गर्नु भयो ।
यसै गरी भुर्तेल आधारभूत विद्यालयका शिक्षक सन्ध्या अधिकारीले तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै तालिममा सिेका कुरालाई कक्षाकोठामा व्यवहारिक रुपमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्रशिक्षण कार्यक्रममा मुक्ति प्रसाद रेग्मीले शिक्षकले तयारी गरेर मात्रै विद्यार्थीलाई सिकाउनु पर्ने , शिक्षक पद र प्रतिष्ठाप्रति समर्पित हुनुपर्ने बताउनु भयो । शिक्षकले पाठयोजनाका साथ कक्षाकोठामा अध्यापन गर्नुपर्ने, यसका लागि विद्यार्थीलाई पनि दैनिक योजना बनाउन किसाउनुपर्ने , शिक्षकले आत्म मुल्याङकन गरी एक जिम्मेवार शिक्षक बन्नुपर्ने भन्नु भयो । शिक्षकका आचारसंहिता, शिक्षकका पाठयोजना, शिक्षकको काम कर्तव्य, प्रधानाध्यापकको जिम्मेवारी, प्रअले गर्नुपर्ने कार्यहरु लगायत विविध विषयमा प्रशिक्षण दिनु भएको थियो । शिक्षकले धामिर्क तथा सांस्कृतिको माध्ययमबाट विद्यार्थिलाई अनुशासनमा काययम रानुपर्नेमा जोड दिनु भयो ।
यसै गरी प्रशिक्षक रुद्रबहादुर थापाले शिक्षक स्वयमले आत्म समिक्षा शिक्षण सिकाईमा गुणस्तर, शिक्षण सिकाई कार्य समूह कार्यका बारेमा जानकारी गराउँदै विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।
रत्नशोभा माविका शिक्षक एवम् कर्मचारी, जनज्योती माविका शिक्षक एवम् कर्मचारी, कालिका बोडिङ स्कृलका शिक्षक कर्मचारीहरु, भुर्तेल आधारभूत विद्यालयका शिक्षक कर्मचारीहरु , लेखनाथ आधारभूत विद्यालयका शिक्षक कर्मचारीहरु , सिद्ध आधारभूत विद्यालयका शिक्षक कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रम केन्द्रका अध्यक्ष खगेन्द्र राज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रका उपाध्यक्ष गुरुप्रसाद कुँइकेलले स्वागत गर्नु भएको थियो भने केन्द्रका सचिव रिता तिमिल्सिना भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।














