पोखरा।
पोखरा महानगरपालिका–२८ मा असोज २३ गते शुक्रबार भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा २९ गते श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ। सभाका कारण उक्त दिन दिउँसो १ बजेपछि वडा कार्यालय बन्द रहने भएको छ।

पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेद्धारा हस्ताक्षरीत जारी गरेको सूचनाअनुसार असोज २९ गते बिहीबार दिउसो १ बजे कालिका सामुदायिक भवनमा श्रद्धाञ्जली सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धाञ्जली व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा महानगर प्रमुख , उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको समेत उपस्थिती रहने सूचनामा उल्लेख गरिएको छ।

असोज २३ गते कालिका इङ्लिस बोर्डिङ स्कुलको विद्यालय बस ओख्लेको भिरमा दुर्घटना हुँदा ४ बालबालिका र १ जना स्थानीय अभिभावक गरी ५ जनाको निधन भएको सूचनामा उल्लेख छ। दुर्घटनामा परी घाइते भएका बालबालिकाहरु र चालकको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।