१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले राष्ट्रिय चिन्तन गर्नुपर्ने विषय भएको भनेर उनले संविधान संशोधनको विषय उठाएका हुन् ।
संविधान संशोधनको विषय सरकारले अगाडि बढाउँदै गर्दा, व्यवस्थित र परिपक्व ढंगले अगाडि बढाउँदै गर्दा संविधानले नै परिकल्पना गरेबमोजिमको मुल्यांकनमा सरकारको साथमा उभिने प्रतिबद्धता जनाए ।
‘तर सविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन । संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन’ उनले भने ।
संविधान संशोधन गरिरहँदा वा लेखन गरिरहँदा त्यो केवल गणितको विषय नबनेर त्यो समग्र एकता र भावनाको विषय बन्नुपर्ने आग्रह गरे ।
उनले यसरी काम गर्नुपर्ने भनेर उनले सरकारसमक्ष यस्तो आग्रह गरे ।
संविधान संशोधन गर्दा जेनजी आन्दोलनको मर्म र भावना तथा मधेश आन्दोलन र विभिन्न समूह र भूगोलमा भएको मागलाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिए ।








