लेखनाथ, कात्तिक १७ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३१ स्थित बेगनासताल किनारमा छैटौं बेगनास फिस फेस्टिखल जारी छ । कात्तिक १३ गते देखि सुरु भएको महोस्तसमा दर्शकको चाप बढ्दै गएको छ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नाराका साथ होटल एण्ड रेष्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा जारी रहेको महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने एसोसियसनका अध्यक्ष सुरेश लामिछानेले बताउनु भयो ।
अध्यक्ष सुरेश लामिछानेका अनुसार महोत्सवमा स्थानीय माछाका विभिन्न प्रजातिको प्रदर्शनी, माछाका परिकारको बिक्री तथा प्रदर्शनी, बाल उद्यान, देउसीभैलो प्रतियोगिता, प्रत्येक दिन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट जस्ता आकर्षण्का कार्यक्रमले दर्शकको दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको छ
एसोसियसनका महासचिव शक्ति श्री कोइरालाका अनुसार कात्तिक १७ गते को कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक श्याम राना, कमला सुनार, जिवन दाहाल, निश्चल थापा मगर, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुतिमा दर्शकहरु छमछमी नाचेर मनोरञ्जन लिएका थिए । बेलुकाको लाइभ कन्सर्टमा सिर्जना क्षेत्री (हाउडे माया), सन्तोष बस्याल लगायतले स्टेज तताएका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मान समेत गरिएको थियो भने १८ गते बिहिबार लोक गीत तर्फ ज्योती मगर, कृष्ण गुरुङ, अम्मर धिताल, पुजा तामाङ, कृष्ण भट्टराई, जिवन दाहाल र शिवहरी ढुङ्गानाको प्रस्तुती रहनेछ भने बेलुका लाइभ कन्सर्टमा एलिना चोहानको प्रस्तुती रहने महासचिव शक्ति श्री कोइरालाले जानकारी दिनु भये ।
महोत्सवमा गोर्खा ब्रुअरी नेपाल मुख्य प्रायोजकको रुपमा रहेको छ भने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, प्रदेश सरकार गण्डकी प्रदेश र पोखरा महानगरपालिका वडा नं. ३१ लगायत विभिन्न स्थानीय संघ–संस्थाको आर्थिक सहयोगमा जारी महोत्सव कात्तिक २३ गते सम्म सञ्चालन हुनेछ ।