लेखनाथ, १० कात्तिक । माछाको स्वाद, संस्कृतिको पहिचान, मौलिकताको सम्मान भन्ने उद्धेश्यका साथ यही कात्तिक १३ गते देखि २३ गते सम्म हुन गइरहेको छैटौं माछा महोत्सवको तयारीलाई तिब्र पारिएको छ । होटल एण्ड रेष्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा हुने महोत्सवमा स्टलहरुको निर्माण कार्य भइरहेको एसोसियसनका अध्यक्ष सुरेस लामिछानेले जानकारी दिनु भयो ।
अध्यक्ष लामिछानेका अनुसार पोखरा महानगरापलिका वडा नं.३१ बेगनास तालको किनारमा सञ्चालन गरिने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने आयोजकको विश्वास रहेको छ ।
व्यवसायिक तथा सामाजिक विकाससँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछाहरूको जानकारीमूलक प्रदर्शनी तथा बिक्री वितरण, राष्ट्रिय कलाकारहरूको बेजोड सास्कृतिक प्रस्तुति, पप कन्सर्ट र देउसी–भैलो प्रतियोगिता मुख्य आकर्षणका कार्यक्रमहरु रहेका छन् । यसै गरी विभिन्न कम्पनीहरूले उत्पादन गरेका ब्रान्डहरूको प्रदर्शनी तथा बिक्री, बेगनास र वरपरका पर्यटकीय महत्वका स्थानहरूको जानकारीमूलक प्रदर्शनी अन्य आकर्षणका कार्यक्रहरु रहेका छन् ।
यस कार्यक्रममा गोर्खा ब्रुअरी नेपाल मुख्य प्रायोजकको रुपमा रहेको छ भने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, प्रदेश सरकार गण्डकी प्रदेश र पोखरा महानगरपालिका वडा नं. ३१ लगायत विभिन्न स्थानीय संघ–संस्थाको आर्थिक सहयोगमा महोत्सव सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
विभिन्न जातजातिका भेषभुषा, झाँकी ¥याली समेत प्रदर्शन गरिने झाँकी ¥याली व्यवस्थापन उपसमितिका संयोजक इश्वर गुरुङले जानकारी दिनु भयो । गुरुङका अनुसार २ सय भन्दा बढी संघ सस्थाहरुले झाँकी ¥याली प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने उत्कृष्ट भेषभुषा, उत्कृष्ट झाँकी ¥यालीलाई प्रथम , द्धितीय , तृतीय पुरस्कारको व्यवस्था समेत गरिएको गुरुङले बताउनु भयो ।
विभिन्न सामाजिक संघ संस्थाहरु, व्यीक्त विशेष लगायतलाई पत्रचार गरिएको एसोसियसनका महासचिव शक्ति श्री कोइरालाले बताउनु भयो । उपसमितिकका बैठकहरु बसी महोत्सवको तयारीलाई तिब्रता दिइएको कोइरालाले जानकारी दिनु भयो ।
प्रत्येक दिन ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहहरुको विविधि सांस्कृतिक कार्यक्रम मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जानकारी दिएको छ । लोक दोहोरी गायक प्रजापति पराजुली, राजु परियार, ज्योती मगर, श्याम रानामगर, पूर्णकला विसी, अर्जुन सापकोटा, सम्झना लामिछाने मगर, शान्तारानी परियार, पुरुषत्तम न्यौपाने, दिपीका बयम्बु मगर, विशाल सोनी लगायतका राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुती रहने महोत्सवका निर्देशक एवम् पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिनु भयो ।
यस फेस्टिबलले समग्र लेखनाथ क्षेत्रको पर्यटन विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ। महोत्सव सञ्चालनका लागि करिब ८२ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । पोखरा महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टल लगायत स्रोतबाट खर्च व्यवस्थापन गरिने महासचिव कोइरालाले जानकारी दिनु भयो ।