माझठाना, असोज २२ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थी एसोसियसनको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तर सदनात्मक सम्पन्न भएको प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, धैलागिरी सदन द्धितीय , सगरमाथा सदन तृतीय र माछापुच्छ«े सदन सान्त्वना भएका छन् ।
जनरल राउण्ड, ¥यापिड फायर राउण्ड , श्रव्यदृष्य राउण्ड, स्टिमेसन राउण्ड र ठीक वेठीक राउण्डमा प्रश्नहरु सोधिएका थिए ।
विजेता समुहलाई पुरस्कार वितरण गर्दै पोखरा २८ का वडा अध्यक्ष एवम् पूर्व विद्यार्थी श्रीकृष्ण लामिछानेले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समयसपेक्ष अनुसार कसरी शिक्षा प्रदान गर्ने भन्ने कुरामा भूपू विद्यार्थी एसोसिएसन चिन्तित भएको बताउनु भयो ।
कक्षाकोठाको पढाइका साथसाथै अतिरिक्त कृयाकलाप पनि महत्वपूर्ण सिकाई भएको बताउँदै अध्यक्ष लामिछानेले यस विद्यालयमा भएका विभिन्न किसिमका कृयाकलापहरु प्रति वडा कार्यालय र पोखरा शिक्षा महाशाखाले नजिकबाट नियालिरहेको बताउनु भयो ।
आयोजक भूपू विद्यार्थीलाई धन्यवाद दिंदै सिकाइलाई गतिसिल बनाउन अतिरिक्त क्रियाकलाप गरिएको स्मरण गर्दै यस विद्यालयका शैक्षिक कृयाकलापहरु राम्रो भएको आफूले पाएको बताउनु भयो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई बधाई दिंदै वडा अध्यक्ष लामिछानेले विद्यालयमा हुने विभिन्न किसिमका शैक्षिक कृयाकलापमा वडा कार्यालयको सदैव साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी भूतपूर्व विद्यार्थी एसोसिएसनका अध्यक्ष कालीप्रसाद भूर्तेलले यस विद्यालयमा पढेर देश तथा विदेशका विभिन्न क्षेत्रमा छरिएर रहेका विद्यार्थीको साझा संस्था भएको बताउनु भयो ।
अध्ययनरत विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि भूपू विद्यार्थी सदैव साथमा रहेको अध्यक्ष भूर्तेलले बताउनु भयो । विद्यार्थीको वौद्धिक क्षमता अभिवृद्धिका लागि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बताउँदै भूर्तेलले विद्यार्थीको अन्तरनिहित क्षमता प्रफुस्टन गर्नका लागि यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुलाई बधाइ दिंदै अध्यक्ष भूर्तेलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कार्य समितिका पदाधिकारीहरु, विद्यालय प्रशासन, शिक्षकहरु, विद्यार्थीहरु सबैलाई धन्यवाद सहित कृतज्ञता व्यक्त गर्नु भयो ।
प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुलाई पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता भूर्तेल , प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य जिवन तिवारी, भूतपूर्व विद्यार्थी एसोसियसनका उपाध्यक्ष सूर्य थापा मगर, एसोसियसनका कोषाध्यक्ष विश्वराज तिवारी, एसोसिएसन कार्य समितिका सदस्य विष्णु बहादुर अधिकारी, कमला पौडेल खत्री लगायतले पुरस्कार वितरण गर्नु भएको कार्यक्रमको सञ्चालन एसोसिएसनका सचिव जिवन तिवारीले गर्नु भएको थिया । कार्यक्रम एसोसियसनका अध्यक्ष काली प्रसाद भूर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा एसोसिएसनका सचिव जिवन तिवारी, शिक्षक रामबाबु पौडेल, शिक्षक सुदिप कार्कीले हाजिरी जवाफ प्रतियोगितामा क्विज मास्टरको रुपमा रहनु भएको कुरा एसोसिएसनका सचिव जिवन तिवारीेले जानकारी दिनु भयो ।