माझठाना, कात्तिक १९ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा स्थापित पुस्तकालयको निरिक्षण गरिएको छ ।
पाहार ट्रष्ट नेपालका पुस्तकालय परियोजना व्यवस्थापक बालकाशी गुरुङ र परियोजना सुपरभाइजर बिमल नेपाली , बेलायतबाट ग्रयाजुएट गरेका युकेका नागरीक एलिस फिसर र एभलीन मार्शलले बिहिबार उक्त विद्यालयको पुस्तकालयको निरिक्षण गर्नु भयो ।
कार्यक्रममा एलिस फिसर र एभलीन मार्शलले पुस्तकालयको अवस्था, यसले विद्यार्थीमा पारेको सकारात्मक प्रभाव, पुस्तकालय सञ्चालनका चुनौती , यसको विस्तार लगायतका विविध प्रश्नहरुको जिज्ञासामा प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले सन २०२२ मा पाहार ट्रष्ट नेपालको आर्थिक सहयोगमा पुस्तकाल सञ्चालनमा आएको जानकारी दिनु भयो । पुस्तकालयले विद्यार्थीहरुको अध्ययनमा सकारात्मक प्रभाव पारेको बताउँदै यसले विद्यार्थीहरुको बढ्ने बानीको विकास भएको स्पष्ट पार्नु भयो । पुस्तकालय सञ्चालन समिति समेत गठन गरी पुस्तकालयलाई व्यवस्थित गरिएको प्रधानाध्यापक पौडेलले बताउनु भयो । यस्तै पूस्तकालय इन्चार्ज कमला पौडेल खत्रीले विद्यार्थीहरु स्वयम पुस्तकालयमा आएर स्वअध्ययन गर्ने गरेको उल्लेख गर्दै पुस्तकालयबाट धेरै पुस्तकहरु लिएर अध्ययन गर्ने विद्यर्थीहरुलाई पुरस्कृत गरी उनीहरुलाई पुस्तकालयमा आएर स्वअध्ययन गर्न प्रेरित गरिएको स्पष्ट पार्नु भयो ।
उहाँहरुले साना विद्यार्थीहरुलाई अंग्रेजी बाल गीतमा नाच्न समेत सिकाउनुका साथै आधारभूत तहका कक्षाहरुको अवलोकन समेत गर्नु भएको थियो । अवलोकनकामा क्रममा एलिस फिसर र एभलीन मार्शललले सामुदायिक विद्यालयको अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँदै विद्यालयको शान्त वातावरण र पुस्तकालयको राम्रो व्यवस्थापनमा सञ्चालन भएको देख्दा खुशी लागेको बताउनु भयो । उहाँहरुले विद्यालयलाइ १ थान फुटबल र कलर पेन समेत प्रदान गर्नु भएको थियो ।
त्यस्तै गरी पहार ट्रष्ट नेपालका प्रतिनिधि बालकाशी गुरुङ र बिमल नेपालीले पुस्तकालय हस्तान्तरण गर्ने समय आएको जानकारी दिंदै पुस्तकालयमा आवश्यक पर्ने सामग्रीहरु माग गर्न पनि आग्रह गर्नु भयो । हस्तान्तरण गर्नु पूर्व २ जना शिक्षकहरुलाई तालिमको व्यवस्था समेन गरिने जानकारी दिंदै सम्झौता अनुसार पुस्तकालयलाई समुदाय स्तर सम्म बिस्तार गर्न सुझाव दिनु भएको थियो भने कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता भूर्तेल बजगाई र प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले उहाँहरुलाई फुल माला , अबिर लगाएर स्वागत गर्नु भएको थियो ।








