पोखरा, असोज १६ । पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासतालको किनारमा हुन  लागेको छैटौं संस्करणको माछा महोत्सवलाई सफल बनाउन स्थानीय सामाजिक संस्थाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा हुन लागेको उक्त माछा महोत्सव तयारी स्वरुप छलफल कार्यक्रममा स्थानीय सघ संस्थाहरुले महोत्सवलाइृ सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
शुक्रबार आयोजना गरिएको छलफल कार्यक्रममा एसोसियसनका पूर्व अध्यक्ष एवम् छैटौं संस्करणको माछा महोत्सवका निर्देशक दुर्गा प्रसाद अधिकारीले समग्र यस धार्मिक तथा पर्यटन प्रवद्र्धनका लागि माछा महोत्सवको आयोजना गरिएको स्पष्ट पार्नु भयो । वि.स.२०७१ साल देखी माछा महोत्सव सुरु गरिएको स्मरण गर्दै विषम परिस्थितिका बाबजुद पनि आगामी कार्तिक १३ गते देखि २३ गते सम्म छैटौं माछा महोत्सवको आयोजना गरिएको जानकारी दिनु भयो । अधीकारीले भेलामा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।
एसोसियसनका अध्यक्ष सुरेस लामिछानेले भेलामा आएका सल्लाह र सुझावलाई आत्मसाथ गरी अगाडि बढ्ने बताउँदै यस क्षेत्रको विकासका लागि साझा कार्यक्रमका रुपमा लिई कार्यक्रमलाइृ भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैमा आग्ह गर्नु भयो ।
एसोसियसनका महासचिव शक्ति श्री कोइरालाले एसोसियसनले आयोजना गरे पनि यस क्षेत्रका सम्पूर्ण सामाजिक संघ संस्थाको कार्यक्रम भएको स्पष्ट पार्दै व्यक्तिगत तथा संस्थागत रुपमा आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो ।
जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् बेगनासताल वराह महाआरती व्यवस्थापन समितिका अध्यक्ष राममणि अधिकारीले सबैको सल्लाह , सुझाव र साथले मात्र महोत्सव सफल हुने बताउँदै माछा महोत्सवालाई परिस्कृत गर्दै बेगनास महोत्सवका रुपमा बिकास गर्न सुझाव दिनु भयो । आलोचना भन्दा पनि आफूले के गर्न सक्छु भन्ने कुरा सोचेर सहयोग गर्न आग्रह गर्नु भयो ।
जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले महोत्सवालाई हामी सबैले अपनत्व लिने गरी सकारात्मक सोच राखेर सहयोग गर्नुपर्नेमा जोड दिंनु भयो ।
मिलनसार तमु समाजका अध्यक्ष इश्वर गुरुङे आफ्नो समाजलाई दिइएको जिम्मेवारी पूरा गर्न तयार रहेको जानकारी दिंदै सरसफाइमा ध्यान दिनुपर्ने सुझाव राख्नु भयो ।
बेगनासताल महिला समूकी पूर्व अध्यक्ष शान्ति खनाल, बेगनासताल महिला समूहकी सल्लाहकार सिता कार्की, रामटोल नमुना आमा समूहकी अध्यक्ष देवका पौडेल, नमूना टोल विकास संस्थाका अध्यक्ष लक्ष्मी कोइराला, बेगनासताल टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पौडेल, बेगनासताल भजनमण्डलीका उपाध्यक्ष हिरामणी दाहाल, बेगनास मत्स्यका अध्यक्ष राजेन्द्र जलारी, जेष्ठ नागरीक सरोकार मञ्चका अध्यक्ष पदम आचार्य, डुङ्गा व्यवसायिक समितिका अध्यक्ष नवराज बास्तोला, धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारी, कुर्लुङ खोला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष दयासागर अधिकारी, दिपाङ ताल पूर्वाधार संरक्षण समितिका अध्यक्ष हेमराज आचार्य, रुपाताल पूनस्थापाना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष राम थापा, पचभैया देउराली व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पुरुषत्तोम अधिकारी, बेगनास युवा क्लबका सचिव विज्ञान कोइराला, पोखरा ३० का समाजसेवी भुवन श्रेष्ट लागयतका वक्ताहरूले फेस्टिभललाई बेगनास क्षेत्रको मात्र नभई समग्र लेखनाथको पर्यटन प्रवद्र्धनसँग जोडिएको साझा कार्यक्रमका रूपमा लिइएको बताउँदै आ–आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
एशोसियसनका अध्यक्ष शुरेस लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एसोसियसनका महासचिव शक्ति श्री कोइरालाले गर्नु भएको थियो भने महोत्सवमा माछाका स्टलहरु, कृषिका स्टलहरु सँगै १ सय भन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी दिएको हो । राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम, झाँकी ¥याली, देउसी भैलो प्रतियोगिता आदि आकर्षकका कार्यक्रम रहने एसोसियसनका अध्यक्ष लामिछानेले जानकारी दिनु भयो ।