तनहुँ, असोज ३ । साविक उ.मा.वि. मा अध्यापनरत शिक्षकहरूको संस्था माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन तनहुँ क्षेत्र नं. २ को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। निर्वाचन समिति संयोजक श्री देवेन्द्र प्रसाद तिवारीको संयोजकत्वमा शनिबार सम्पन्न कार्यक्रमले छब्दी माविका शिक्षक रामचन्द्र घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
निर्वाचन समितिका अनुसार गठन गरिएको समितिको उपाध्यक्षमा गाउँ फर्कोदय माविका रोशन हमाल उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । यसै गरी हंसवाहिनीका शिक्षक कालिका मैनाली सचिव, जनज्योति माविका डोलराज सिग्देल सह सचिव, पञ्चमुनि माविका रमेश सुवेदी कोषाध्यक्ष सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको कुरा नवनिर्वाचित उपाध्यक्ष रोशन हमालले जानकारी दिनु भयो ।
यसै गरी सदस्यहरुमा निर्मल पौडेल, सम्झना पोखरेल, महाभारत योगी, नन्दकुमार श्रेष्ठ, डा. सूर्य आचार्य, शान्ति शर्मा घिमिरे , सुजन महत, बन्धुराज अधिकारी, अनिता खनाल, गोविन्द सिग्देल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी, निर्वाचन सम्पन्न गराउनका लागि देवेन्द्र प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो भने समितिका सदस्यहरूमा दीपक रेग्मी र दिपेन्द्र पौडेल रहनु भएको थियो । निर्वाचन समितिका संयोजक देवेन्द्र प्रसाद तिवारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष रामचन्द्र घिमिरेले साविक उच्च माविका शिक्षकहरुको पेशागत हकहितका लागि केन्द्र, प्रदेश सँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको कुरा उपाध्यक्ष रोशन हमालले जानकारी दिनु भयो ।








