गाउँले मिडिया सम्वाददाता
पोखरा / ७ असार । पोखरा २८, माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा शुक्रबार कक्षा ६ देखि कक्षा १२ सम्मको अन्तर सदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा पहिचान गरी उनीहरुको भाषिक सिप विकास गर्नका लागि यस्ता प्रतियोगितात्मक कार्यक्रमहरुको अहम् भूमिका रहने भएकाले आगामी दिनहरुमा पनि निरन्तरता दिने बतानु भयो । विद्यालयका निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सगरमाथा सदन प्रथम हुन सफल भएको थियो भने अन्नपूर्ण सदन द्धितीय भएको थियो ।
कार्यक्रममा शिक्षक एवम् निर्णयक भेषराज सुवेदीले कार्यक्रमको नियम सम्बान्धि जानकारी गराउँदै यस्ता प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीहरुमा पढ्न बानीको बिकास हुने विश्वास व्यक्त गर्नु भयो ।
शिक्षक भेषराज सुवेदी, ऋषिराम रानाभाट र प्रकाश तिवारी निर्णायक मण्डलको भूमिकामा रहनु भएको थियो भने समय व्यवस्थापनको भुमिका शिक्षक कृष्ण प्रसाद पौडेल, नम्बर अभिलेखमा शिक्षक सरिता पौडेल र गोपी माया गुरुङको भुमिका रहेको अतिरिक्त क्रियाकलाप प्रमुख भागीरथी देवी ढकाल तिवारीले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रथम हुन सफल सगरमाथा सदनका विद्यार्थीहरु मन्जिल सुनार, बर्षा सुनार, बिनिता लामिछाने र आशिका तिवारी र द्धितीय हुन सफल अन्नपूर्ण सदनका विद्यार्थीहरु बिजय भुर्तेल, मनोज अधिकारी, बिमर्श भुर्तेल र राजेश तिवारी लाई निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी र मा.वि.तहका इन्चार्ज कृष्ण प्रसाद पौडेलले पुरस्कार प्रदान गर्नु भएको थियो ।









