राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि सञ्जाल पोखरा ३० को आयोजना वडा नं ३० को सहकार्यमा असार १५ गते मैदीतालको किनारामा दोस्रो लेखनाथ रोपाई महोत्सव गर्ने भएको छ ।
पोखरा महानगरपालिका वडा नं २८,३० र ३१ को संगम मैदीताल किनारामा छवि ढकालको १२ रोपनीको खेतमा रोपाई महोत्सव गर्न लागेको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
राष्ट्रिय धान दिवसका अवसरमा नेपालको प्रमुख खाद्यान्न वाली धान खेतीका वारेमा भावी पुस्तालाई जानकारी दिने उदेस्यले स्थानिय स्तरमा रोपाई महोत्सव गर्दा आफनो मौलीक सस्कृतीको संरक्षण र परम्परा खेती प्रणालीका वारेमा जानकारी हुने उदेस्यले रोपाई महोत्सव आयोजना गरिएको पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले जानकारी गराएका थिए ।
कृर्षिलाई ब्यवसायिक वनाउन र राष्ट्रिय उत्पादनमा वढवा दिने उदेस्यले गत वर्ष बाट सुरु गरिएको रोपाई महोत्सलाई आगामी दिनमा पनि निरन्तरता दिदै किसान प्रोत्साहनका लागि रोपाई महोत्सव आवस्क देखिएको अध्यक्ष सुवेदीको भनाई रहेको थियो ।
महोत्सवलाई सफल बनाउन सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै विभिन्न उप समिति माफर्त तयारीलाई अगाडी वढाईएको कृषि संञ्जाल पोखरा ३० का अध्यक्ष वावुराम ढकालको भनाई रहको थियो साथै उनले यो रोपाई महोत्सवलाई सफल बनाउन सवैको सहकार्य र एकता रहेकाले महोत्सवमा कसैको पनि असहयोग नरहेको प्रष्ट पारेका थिए ।
हल गोरुको साथम पञ्चेबाजाको संगितमा सुरु हुने महोत्सवमा माछा समात्ने प्रतियोगिता,हिले दौड प्रतियोगिता, हिलोमा डोरी तान्ने प्रतियोगिता,खेत रोप्ने प्रतियोगिता,पुरानो गीतका भाकाहरु प्रस्तुति गर्ने र गीत संगीतका लगायतका कार्यक्रमहरु रहेको कृर्षि सञ्जाल पोखरा ३० का सचिव अनन्त कडेलले जानकारी दिएका छन् ।