लेखनाथ, भदौ ५ । लेखनाथ उद्योग वाणिज्य संघको भदौमा हुन लागेको १५ औं अविेशन एवम् २९ साधारण सभाका लागि राजेन्द्र ओझाको समूहबाट उम्मेदबार एवम् प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
बिहिबार सावैजनकि गरिएको उम्मेदबार घोषणा कार्यक्रम अन्तर्गत अध्यक्षमा राजेन्द्र ओझ, वरिष्ठउपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु) , प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्धितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ उम्मेदवार रहनु भएको छ । यसै गरी महासचिवमा जिवन तिवारी, उप–महासचिवमा लक्षमी प्रसाद ढुंगाना ( एल पी ) , कोषाध्यक्षमा टिकाराम सापकोटा उम्मेदवार रहनु भएको घोषणा गरिएको हो । यसै गरी खुल्ला सदस्यहरुमा कृष्ण प्रसाद सुवेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नवारज पौडेल, सन्तोष हमाल , शिवराज अधिकारी, सुरेन्द्र गुरुङ , भिम प्रसाद सुवेदी ( सन्तोष ) उम्मेदवार बन्नु भएको छ । यसै गरी महिला सदस्यमा लक्ष्मी ठाकुर र सपना सुवेदी तिवारी , एशोसियट तर्फ प्रवेश बञ्जरा उम्मेदवार रहनु भएको छ भने संस्थागत सदस्य तर्फ बिरभद्र कंडेल उम्मेदबार रहनु भएको घोषणा गरिएको हो ।
आगामी भदौ २० र २१ गते हुने १५ औँ अधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार एवम् वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका राजेन्द्र ओझाले आफ्नो समूहको प्रतिबद्धता सार्वजनिक गर्दै सबै प्रकारका उद्योग व्यवसायिहरुको सम्मस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अध्यक्ष पदका उम्मेदवार ओझाले भन्नु भयो , स्थानीय उत्पादन , व्यवसाय , उद्योग र कृषि पर्यटन प्रवद्र्धन मार्फत लेखनाथलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गर्ने मेरो समूहको लक्ष्य रहेको छ ।” लेखनाथ उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री बनाउने बताउँदै संघका सदस्य व्यवसायीलाई ई–कमर्स , अनलाइन बैंकिङ, कर÷राजश्व डिजिटल भुक्तानी प्रणालीमा दक्ष बनाइने ओझाले बताउनु भयो । लेखनाथ महोत्सबले लेखनाथ क्षेत्रको पहिचान गराएको बताउँदै आगामी दिनमा महोत्सवमा स्थानीय व्यवसायीलाई प्राथमिकता दिंदै एक कार्यकाल एक ऐतिहासिक महोत्सव सञ्चालन गर्ने उद्धेश्य रहेको कुरा उहाँले बताउनु भयो ।
लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसका सन्दर्भमा उत्कृष्ट व्यवासयी सम्मान कार्यक्रमलाई जोड दिइने बताउँदै ओझाले आगामी कार्यकालमा बीमा , यातायात , होटल , शिक्षा , स्वास्थ्य र व्यवसाय सम्बन्धि सेवामा थप सम्झोता गर्ने बताउनु भयो ।
व्यवसायी र रोजगारी खेज्ने बीचको पुलको भूमिका निर्वाह गर्ने बताउँदै संघलाई आई टी सहितको सूचना केन्द्र निर्माण गर्ने विशेष योजना रहेको बताउनु भयो । यसै गरी रुपा र मादी गाउँपालिकासँग सहकार्य गर्दै स्थानीय उत्पादन , पर्यटन र होम स्टे पंवद्र्धन गर्दै वेगनासको बराह मन्दिर र सात ताललाई लेखनाथको प्रमुख पर्यटकिय हब बनाउन पहल गर्ने योजना रहेको ओझाले बताउनु भयो ।
यसै गरी बरिष्ठ उपाध्यक्ष पदका उम्मेदबार उपेन्द्रराज सुवेदीले कार्यक्रममा स्वागत गर्दै आफूले व्यवासायहीहरुको समस्यालाई साझा समस्याको रुपमा लिएर समाधान गर्ने बताउनु भयो । लेखनाथ उद्योग वाणिज्य संघको वर्तमान प्रथम उपाध्यक्ष समेत रहनु भएको सुवेदीले व्यवासयीको आवाजलाई नै आफ्नो आवाजको रुपमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सल्लाह एवम् सुझाव दिन सबैसँग आग्रह गर्नु भयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बलराम ढकाल र लक्ष्मी प्रसाद त्रिपाठीको उपस्थिति रहेको कार्यक्रममा महासचिव पदका उम्मेदबार जिवन तिवारीले आगामी कार्यकालमा आफूले उद्योगी व्यवसायीहरुको छाता संगठन संघ र सरकारी एवम् सामाजिक संघसंस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । संघमा आवद्ध भएका उद्योगी व्यवासहीहरुलाई बर्गिकरण गरी संघलाई डिजिटल माध्यमबाट अगाडि बढाउन आफ्नो महासचिव पदमा उम्मेदबारी रहेको बताउँदै तिवारीले सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।









