लेखनाथ उद्योग बाणिज्य संघको भदौ २० र २१ हुने १५ औ अधिवेशनका लागि सफल युवा ब्यवसायि बुद्धिप्रसाद वास्तोलाले उम्मेवार िदिनु भएको छ । दुई कार्यकाल कार्यसमिति सदस्य पदमा र विभिन्न उपसमितिमा रहेर काम गरेका वास्तोलाले स्वतन्त्र रुपमा उप–महासचिव पदमा उम्मेदवारी दिनु भएको हो ।
उमेदवार मनोनयनको अन्तिम घडिमा वास्तोलाले कुनै चर्चा विना एकाएक रुपमा दिएको उमेदवारीले दुवै समुहलाई चुनौती थपिएको छ । शिखर इन्टरनेट प्रा।लि।का संचालक समेत रहनु भएका बास्तोलाले व्यवसायिक संस्थामा राजनितीक गुट–उपगुट भन्दा पनि संघलाई राजनितीक प्रभावबाट पर राखेर अगाडी वढ्नु पर्ने सुझाव राख्दै स्वतन्त्र रुपमा उमेदवारी दिएको बास्तोलाले बताउनु भयो ।
सस्थालाई आफनो ठान्ने,राम्रोलाई होईन हाम्रोलाई रोज्ने प्रचलनको अन्त्य हुनु पर्ने, कामको मूल्याङ्कन र संघमा पु¥याएको योगदानका आधारमा नेतृत्व लिनु पर्ने र दिनु पर्ने बताउदै आफू कुनै पनि समूहमा नबसी ब्यवसायिक हकहितका पक्षमा रहेर उच्चतम प्रविधिको प्रयोग गरी संघलाई अगाडी वढाउनका लागि स्वतन्त्र पुर्वक उमेदवारी दिएको बताउनु भयो ।