लेखनाथ, भदौ १५ । पोखरा महानगरपालिका वडा नंं२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा विजयराज / सिता पुस्तकालय अक्षयकोष स्थापना गरिएको छ ।
१८ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा पोखरा २९ भण्ढारढिक निवासी विजयराज भण्ढारीले आफू र आफ्नो श्रीमतीको नाममा एक लाख पचास हजारको पुस्तकालयको विकासका लागि पुस्तकालय अक्षयकोष स्थापना गर्नु भएको हो ।
आफू जन्मेको स्थानलाई सम्मान गर्नु पर्ने बताउँदै शिक्षक समाज र विद्यार्थीले अनुकरणीय व्यक्तिको रुपमा लिएको बताउनु भयो । नेपाल शिक्षक संघ कास्की जिल्लाको पूर्व अध्इष समेत रहनु भएका भण्ढारीले सभ्य समाज बनाउन विद्यालय महत्वपूर्ण स्थान भएको बताउँदै सभ्यताको चिनारी नै पुस्तकालय भएको बताउनु भयो । विद्यार्थीले पुस्तकालयको प्रयोगबाट अन्तर्निहित क्षमताको विकास गर्दै समाजको योग्य पात्र हुने र यसको लागि शिक्षकको महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
जनप्रकाश बहुमुखी क्याम्पस पोखरा २९ भण्ढारढिकको सञ्चालक समितिको अध्यक्ष समेत रहनु भएका भण्ढारीले भन्नु भयो , “मेरा बाबाको मामा ससुराली गाउँ रैकर भएकाले पनि यस स्थानमा विद्यालय स्थापना गर्न मेरा बाबाले उत्प्रेणा गर्नु भयो।” यस कारणले पनि यस विद्यालयको चौतर्फी विकासका लागि आफूले एक लाख पचास हजारको पुस्तकालय अक्षयकोषको स्थापना गरेको भण्ढारीले बताउनु भयो ।
आफू नव प्रभात मावि पोखराको प्रधानाध्यापक रुपमा प्रशासन सन्चालन गरेको अहिले अवकाश भएकाले आफूले विद्यालयमा नै सहयोग गरेको बताउँदै विद्यार्थीहरुले पुस्तकालयको अधिकतम प्रयोग गर्दै स्वअध्यन गर्नुपर्ने बताउनु भयो । शिक्षकहरुले पनि अहिलेको आधुनिक प्रवृधिको प्रयोग गर्दै शिक्षण गर्नुपर्ने सुझाव दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य महेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले अक्षयकोष दाता विजयराज भण्ढारीप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम माथि प्रकाश पार्नुभएको कार्यक्रममा जुनियर युवा रेडक्रस सर्कलका शिक्षक नायक भेषराज सुवदी , राजु क्षेत्री र अधारभूत तह (१–५ ) का इन्चार्ज यदुनाथ पाण्डेले पुस्तकालय सम्बन्धि आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।
बक्तृत्वकला प्रतियोगितामा कक्षा नौ का एलन प्रथम
१८ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा सोही विद्यालयमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा कक्षा नौ का एलन गुरुङ प्रथम भएका छन् , यस्तै गरी कक्षा नौ कै वर्षा सुनार द्धितीय र कक्षा ६ का विमर्श भूर्तेल तृतीय भएका छन् ।
कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बिच आयोजना गरिएको बक्तृत्वकला प्रतियोगिताको शीर्षक पुस्तकालयको महत्व रहेको थियो भने निर्णायक मण्डलमा शिक्षक भेषराज सुवेदी, गोपी माया गुरुङ र सरीता पौडेल लामिछाने रहनु भएको सूचना अधिकारी कृष्ण प्रुसाद पौडेलले जानकारी दिनु भयो ।