लेखनाथ, २० असार ।
लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवम् १५ औ महाधिवेशन शुक्रवार देखि सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जे चिजको संभावना छ सोही चिजको खोजी गरी आर्थिक उपार्जन तिर लाग्न व्यसायीलाई अअग्रह गर्नु भयो । संधको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताउनु भयो । निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा व्यक्त गर्दै उहाँले सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिनु भयो ।
संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनु पर्ने धारणा राख्दै लगानी मैत्री बातावरण सृजना गरिनु पर्ने, विदेश पलायन समस्याको समाधान रोजगार सिर्जना नै भएको बताउँदै लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राख्नु भयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै सम्भावना भएको क्षेत्र भएकाले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयातलाई विस्तापन गर्ने कार्ययोजना अनुसार अगाडि बढ्न सुझाव दिनु भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्धारा बि स २०७८ सालमा स्थापना गरिएको ‘चन्द्र लक्ष्मी जेष्ठ नागरिक सेवा पुरस्कार’ रू. १ लाख १ हजार यस वर्ष पोखरा ३२ राधाकृष्ण शान्ति आश्रमका पिठाधिस एवं पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिएको थियोे । सोही अवसरमा, संस्थाका पुर्व सदस्य कृष्ण प्रसाद ढुङ्गानाले स्थापना गरेको वातावरण पुरस्कार यस वर्ष ढुक्क टोली लेखनाथलाई प्रदान गरियो भने सुर्यमणि लामिछानेले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सुरेन्द्र पौडेललाई , लेखनाथ उद्योग वाणिज्य संघले प्रदान गर्ने महिला उद्यमी सम्मान रुपकला श्रेष्ठलाई प्रदान गरिएको थियोे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघ तर्फका उपाध्यक्ष हेमराज ढकाल, पत्रकार महसंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, कास्की जिल्ला समन्वयका अध्यक्ष लिलाधर वराल, नेपाल उद्योग वाणिज्य गण्डकी प्रदेशका अध्यक्ष अमृत भटट्चन, सिन्दुली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अम्रेशकुमार बैदार, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विश्व प्रकाश लामिछाने, सामुदायिक प्रहरी सेवा केन्द्र डाँडाकोनाककी अध्यक्ष गगां कुमारी खनाल लगायतले संघका सदस्यहरूलाई उत्पादनमा लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सञ्चालन महासचिव जानुका पराजुलीले गर्नु भएको थियो ।
लेउवा संघमा दुई समुहका विच निर्वाचन हुदै
संघको नयाँ नेतृत्वको लागि दुई समूहले छुट्टा–छुट्टै समूह बनाएर उम्मेदवारी दर्ता गराएका छन् । बर्तमान वरिष्ठ उपाध्यक्ष रहेका राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदकालागि आ–आफ्नो टिमबाट छुट्टा–छुट्टै उमेदवारी दर्ता गराउनु भएको छ ।
ब्यवसायिक सस्थामा राजनीति गर्न हुन्न भने पनि भित्र भित्र राजनिती आस्थाकै आधारमा उमेदवारी दर्ता गराईएको छ । ओझाको समुहलाई नेकपा एमाले,केही काग्रेस निकट,राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले साथ दिएका छन भने जानुकाको समूहलाई काग्रेस र नेकपा माओवादीको साथ रहेको छ ।
संस्थागत सदस्य पदका उम्मेदवार विरभद्र कंडेल दुवै समूहका साझा उम्मेदवार रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिनु भयो ।
लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचनको कार्यक्रम हुने भएको छ । संघको १९ औं साधारण सभा तथा १५ औं अधिवेशनको भदौ २१ गते शनिवारमा विहान ७ वजे देखि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न पदमा गरी ३७ जनाको उम्मेवारी रहेको छ ।