लेखनाथ, १३ वैशाख । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको देउराली माइ संरक्षण समितिको ११औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले आगामी कार्यकालका लागि तेजप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा खेमलाल भण्डारी, महिला उपाध्यक्षमा कमला जिसी सचिवमा श्रीभद्र ढकाल,कोषाध्यक्षमा सुर्य भण्डारी ,सह सचिवमा श्रीकृष्ण सुवेदी चयन हुनु भएको छ । यसै गरी सदस्यहरुमा टिकाराम भण्डारी, विष्णु गौतम, मन्त्रीराज उलक ,विन्दु भण्डारी र गंगा खनाल रहनु भएको निर्वाचन संयोजक विश्वमणि भण्डारीले जानकारी दिनु भयो ।

कार्यक्रमको ८२ वर्र्षीय वयोबृद्ध पराशर चापागाईंले उद्घाटन गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिनु भयो भने समाजसेवी मोती गिरी ,श्रीभद्र भण्डारी,माधव भण्डारी र देवमणि भण्डारीले शुभकामना व्यक्त गर्नु भएको थियो । नयाँ कार्यसमितिका अध्यक्ष तेजप्रसाद भण्डारीले भावी योजना प्रस्तुत गर्नु भएको थियो ।