पोखरा , असोज १ । पोखरा ३१ बेगनासताल बराह महाआरती व्यवस्थापन समितिले जेन्जी आन्दोलनका शहीदहरूको सम्झनामा श्रद्धाञ्जली एवम् दीप प्रज्वलन गरेको छ । सरकारले राष्ट्रिय शोक घोषणा गरेका दिन पोखरा ३१ बेगनासताल स्थित मन्दरेपार्कमा दिप प्रज्वलन गरिएको हो ।
‘कार्यक्रममा नारायण गोश्वामी सेवा आश्रमका कृष्णकरण्य महाराजजीले जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दै समस्त शोककुल परिवारजन र मनहरूमा गहिरो समवेदना व्यक्त गर्नु भयो । उहाँले हरेक मानिसले आफ्ना पुर्खाहरुको स्मरण गर्नु पर्ने बताउँदै भगवान शान्त र खुशी हुँदा मानव जगत पनि खुशी हुने व्यक्त गर्नु भयो । कुने पनि मानिसले आफ्नो धर्म , सस्कृतिलाई विर्सन नहुने बताउनु भयो ।
यसै गरी महाआरती व्यवस्थापन समितिका अध्यक्ष राममणी अधिकारीले गत भदौ २३ र २४ गते शाहदत प्राप्त गर्ने जेन्जी आन्दोलनका सम्पूर्ण शहिदहरु प्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्थास्थ्य लाभको कामना गर्नु भयो । राष्ट्रीय शोकको अवस्थामा समितिले हरेक महिनाको १ गते सञ्चालन गर्दै आएको महाआरती आज असोज १ गते नगरी शहिदहरुको स्मरणमा दीप प्रज्वलन गरिएको पनि अधिकारीले जानकारी दिनु भयो ।
समितिका सचिव कृष्ण प्रसाद ढुंगानाले जेन्जी आन्दोनका सम्पूर्ण महान शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै ढुंगानाले समितिले हरेक महिनाको १ गते सञ्चालन गर्दै आएको बेगनासताल बराह महाआरती आगामी कार्तिक १ गते नियमित रुपमा सञ्चालन हुने र सो अवसरमा उपस्थित हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा आग्रह गर्नु भयो ।