लेखनाथ / असोज ३ ।
पोखरा महानगरपालिका वडा नंं३१ मा रहेको जेष्ठ नागरीक सरोकार समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समाजको सभाहलमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले पोखरा ३१ मा रहेको समाजले छोटो समयमा नै यती धेरै प्रगति गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रगति गर्दै जानेमा आफू विश्वस्त भएको बताउनु भयो ।
समाजले यस क्षेत्रका जेष्ठ नागरीकहरुको मनालाई स्थिर गराई शान्ति प्रदान गर्ने कार्य गरेको बताउनु भयो । धेरै बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्ने आफ्नो सिद्धान्त रहेको बताउँदै अध्यक्ष कंडेलले आगामी दिनमा यस समाजको विकासका लागि वडा बाट के कस्तो सहयोग गर्न सकिन्छ यसकौ लागि समाजका प्रतिनिधिसँग बसेर वडाबाट सक्दो सहयोग गर्ने बताउँदै अध्यक्ष कंडेलले वडाको विकासका लागि जेन्जी पुस्ता लागयत सरोकारवाला सबैसँग हातमालो गरेर अगाडि बढ्न आफू सँधै तत्पर रहेको बताउनु भयो ।
यसै गरी पोखरा २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले यस क्षेत्रका जेष्ठ नागरीकलाई एकै स्थानमा भेला गरेर उनीहरुलाई शान्ति प्रदान गरेकोमा समाजलाई धन्यवाद दिंदै समाजले आफ्नै पहलमा एउट भवन निर्माण गर्नुपर्ने सुझाव दिनु भयो । यसका लागि आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
यसै गरी पूर्व जिल्ला न्यायधिस एवम् समाजका सल्लाहकार डिल्लीरमण तिवारीले समाजको नितिगत रुपमा दर्ताको बारेमा जानकारी गराउँदे आगामी दिनमा यसलाई निरन्तर रुपमा अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने औंल्याउनु भयो । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गोपी चन्द्र बास्तोला, जिव विज्ञान ध्यान शिविरका प्रशिक्षक चक्रपाणी गौतम, पोखरा ३१ नमूना आमा समूहका अध्यक्ष देवका, लेखनाथ नागरीक परोपकार समन्व्य संस्थाका अध्यक्ष देवराज पन्थी लगायतले समाजले गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा समाजसँग समन्वय गर्दै संस्थागत रुपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी समाजका आजिवन सदस्य शिव भुजलले महिला दिदी बहिनीको सक्रिय सहभागिताका कारण समाजको हरेक कार्यहरु सफल भएको दाबी गर्दै आगामी दिनमा पनि यस्तै सहभागीता हुनुपर्नेमा जोड दिनु भयो ।
समाजका अध्यक्ष पद्मराज आचार्यले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत साउन महिनामा शिव महापुराण धार्मिक अनुष्ठान र भदौ १ गते देखि श्री गणेश जेष्ठ नागरीक दिवा सेवा कार्यक्रम , बिहान जिव विज्ञान ध्यान शिविर समेत समेत सञ्चालन गरिएको जानकारी दिनु भयो । हरेक आइतबार साहित्यीक रचना पाठ र सहजीकरण कार्यक्रम पनि सञ्चालन हुँदै आएको समजका अध्यक्ष आचार्यले बताउदै आगामी दिनमा पर्व अनुसाका धार्मिक कार्यक्रमको आयोजना गर्ने र सामुहिक चौरासी पूजा गर्ने समाजको भावी योजना रहेको उहाँले जानकारी दिनु भयो ।
समाजका सल्लाहकार एवम् बेगनासताल बराह महाआरती व्यवस्थापन समितिका अध्यक्ष राममणि अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सचिव विष्णु प्रसाद सुवेदीद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमा केइराला गौतमद्धारा प्रस्ुतत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो । समाजका उपाध्यक्ष भुपेन्द्र बहादुर रानाभाटले स्वागत गर्नु भएको कार्यक्रममा समाजको भवन निर्माणमा आर्थिक सहयोग गर्ने र शिव महापुराण धार्मिक अनुष्ठान सञ्चालन गर्न योगदान गर्ने धार्मिक व्यक्तित्वहरुलाई समान समेत गरिएको कार्यक्रम समाजका अध्यक्ष पद्मराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको सममाजका सल्लाहकार राममणि अधिकारीले जानकारी दिनु भयो ।