लेखनाथ÷पुस १० । जिल्ला कफी उत्पादक संघ कास्कीको १८ औं वार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले वडा सेवा केन्द्रले कृषि क्षेत्रलाई महत्व दिएर बजेट विनियोजन जानकारी गराउँदै कंडेलले वडामा कृषि कार्यक्रमलाई प्राथमिकता दिएर कृषकको जीवन स्तर सुधार गर्न प्रयास गरिरहेको जानकारी दिनु भयो । कृषकले कफी उत्पादन गर्न कुनै समस्या भए वडा कार्यालयमा प्रस्तावना पेश गर्न आग्रह गर्दै सबै मिलेर अगाडि बढेमा विदेशिने युवा वर्गलाई पनि रोक्न सकिने बताउनु भयो । किसानमुखी कार्यक्रम गर्न वडा परिवार लागिपरेको बताउँदै वडाबासी सबै मिलेर वडालाई नमुन वडा बनाउनुपर्नेमा जोड दिनु भयो ।
यसै गरी सोही वडाका वडा सदस्य देवेन्द्रराज अधिकारीले किसानको हितका लागि पञ्चेवर्षे योजना ल्यान लागिएको बताउँदै जिल्ला उत्पादक संघलाई मजबुत बनाउन सिंगो वडा परियार संघको साथमा रहेको बताउनु भयो ।
यसै गरी जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले सहकारी र कफी उत्पादन संघ को उद्धेश्य फरक भएको बताउँदै जिल्ला उत्पादन संघले कफी उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्ने जिल्ला कफी सहकारीले गर्ने बताउनु भयो । कफी उत्पादनमा समुदायको चासो कम भएको गुनासो व्यक्त गर्दै यस क्षेत्रको समुदाय सकारात्मक हुँदा कफी उत्पादन गर्न सकीने र यस क्षेत्रको पनि विकास हुने सुवेदीले बताउनु भयो । कफी उत्पादनलाई आय आर्जनर रोजगारसँग जोडनुपर्ने कुारामा जोड दिनु भयो ।
संघका अध्यक्ष तारामणी घिमिरेले संघले आ.व.२०८१÷०८२ मा सम्पन्न भएका कार्यक्रम र आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो । अध्यक्ष घिमिरेले यस संघमा विसुद्ध कफी कृषकहरुको ्संस्था भएको बताउँदे पोखरा महानगरपालिकाकोआर्थिक सहयोगा जिल्ला कफी सहकारी संघ र जिल्ला कफी उतपदक संघको जनसहभागितामा कार्यालय भवन मर्मत सम्हार गरिएको जानकारी गराउनु भयो । एउटै भवनमा दुवै संघको कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउँदै घिमिरेले जिल्ला कफी सहकारी संघ र जिल्ला कफी उत्पादक संघ बिचको सम्बन्धलाई मजबुत बनाइएको बताउनु भयो ।
यसै गरी सल्लाहकार एव संस्थापक अध्यक्ष सूर्य प्रसाद अधिकारीले प्रविद्धिको विकास सँगसँगै तल्लो तहका किसानलाई आधुनिक प्रविधि सम्बन्धि तालिमको व्यवस्था गर्नुपर्ने सुझाव राख्दै स्थानीय सरकार र कृषकको सामुहिक प्रयासले मात्रै कफी उत्पादन गर्न सकिने बताउनु भयो ।
यसै गरी समाजसेवी गोकर्ण तिवारी, कफी उत्पादक कलाधर पौडेल, आय आर्जन कफी उत्पादन संघका अध्यक्ष चित्र प्रसाद लामिछाने लगायतले कफीको महत्वको बारेमा चर्चा गर्दै कृषकको जीवन स्तर वृद्धि गर्न उत्पादनमुखी कार्यक्रम हुनपर्नेमा जोड दिनु भयो ।
संधका उपाध्यक्ष कमलादेवी लामिछानेले स्वागत गर्नु भएको कार्यक्रममा लेखा संयोजक हरि प्रसाद भुगाइले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रमको सञ्चालन संघका सचिव हरिराज घिमिरेले गर्नु भएको थियो भने संघका अध्यक्ष तारामणि घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।