पोखरा/ फागुन ३ । कास्की क्षेत्र नं. १ का मतदाताले विदेशमा युवा पलायनले गाउँघर सुनसान भएको गुनासो गरेका छन् । कास्की क्षेत्र नं. १ मा नेपाली कांग्रैसको तर्फबाट उम्मेदवार रहेका तिलक रानाभाटलाई प्रचार प्रसारका क्रममा मतदाताले उक्त कुरा बताएका हुन् ।
गाउँवासीले गाउँमा नै सम्भावना रहेपनि सबै युवाहरू सहर केन्द्रित र विदेश केन्द्रित हुँदा गाउँमा मलामी र सहयोगी पाउन मुस्किल भएको दुखेसो व्यक्त गरे ।
उक्त गाउँवासीको कुरामा उम्मेदवार तिलक रानाभाटले अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै गाउँमा नै आएर बस्ने खालको वातावरण र दिगो सरकार निर्माणमा आफूहरुले प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भयो ।
अधिकांश मादी गाउँपालिकामा गाउँहरू रितिएको र बस्तीहरू खाली भएकोले उर्वर भूमि पनि यसै बाजो राख्नुपर्ने बाध्यता रहेको हुँदा अब गाउँमा नै फर्किएर सबैले श्रम गरेर आफ्नो जीविकोपार्जनको वातावरण बनाउन अबको सरकारको मुख्य ध्यान रहने रानाभाट बताउनु भयो ।
विशेष गरेर कास्कीको उत्तरक्षेत्रमा पर्ने मादी गाउँपालिकामा यो समस्या विकराल बनेकोले पनि सबै चिन्तित बन्नुपर्ने बाध्यता रहेको छ। आगामी बन्ने सरकारले नै यस विषयमा सम्भाव्यता अध्ययन गरेर दिगो कृषि विकासमा र उत्पादनमुखी कृषि पेशामा जोड दिँदै लग्नुपर्ने स्थानीयले बताएका छन्।
केही उत्पादन गरिहाल्यो भने पनि बाँदरले सखाप पार्ने विशेषता आजको समस्यामा अब उप्रान्त यसको समस्याको निराकरणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको छ।
नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले अबको सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गर्ने र यावत समस्याको निराकरणका लागि हल गर्ने दिगो उपाय खोज्नको लागि प्रमुख एजेन्डा बन्ने बताउनु भयो ।
उहाँले अब नेपाली कांग्रेसको विकल्प कुनै पार्टी नरहेको भन्दै सबैले रुखचिन्हमा मतदान गरेर अत्याधिक बहुमतका साथ विजयी गराउनका लागि अनुरोध समेत गर्नु भयो ।