किसानलाई धनि बनाउनु पर्छःमन्त्री हरिशरण

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, चैत १८ । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले समृद्ध नेपाल निर्माणको मुल मन्त्र किसानलाई धनि बनाउने भनाई राखेका छन् ।
कास्कीको लेखनाथमा सुक्रवार आयोजित विजयपुर सिंचाई प्रणाली जल उपभोक्ता संस्थाको २१ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री आचार्यले कृषि प्रधान देश भन्ने तर किसानलाई कसरी धनि बनाउन सकिन्छ भन्ने बारेमा योजना नआउदाँ हाम्रा किसान दाजुभाईहरु माथि उठ्न नसकेकाले अवका दिनमा हामी कसरी किसानलाई धनि बनाउन सकिन्छ भन्ने बारेमा चिन्तनसिल रहेको बताएका हुन् ।
स्वदेशमा नै उत्पादन बढाएर हामीलाई आवस्यक पर्ने खाद्यय बस्तु प्रति आत्मनिर्भर हुने हो भने हामी स्वतह धनि हुने बताउदै मन्त्री आचार्यले पाहाडी पाखा जमिन बाझै हुने समथरका जग्गा प्लटिङ गर्ने र बाकी रहेको जमिनमा पनि प्रयाप्त रुपले सिंचाई गर्न नपाउने हो भने कसरी हाम्रो उत्पादन बढ्छ भन्ने प्रति प्रस्न गर्दै ब्यवस्थीत कृषि निती विना यो समस्या समाधान नहुने उनको विचार थियो ।
किसान समस्य लिएर मन्त्रालय आउने होईन बरु मन्त्री तथा कर्मचारीहरु किसानका के समस्या छन् भन्दै बुझन आउनु पर्ने अवस्थामा हामी सोर्स थोर्स लगाएर काम लिन तैर तरिकाको अन्त्ये गरि अवका दिनमा देशलाई कृषि उत्पादनमा कसरी आत्मनिर्भर बनाउने र किसानको उत्पादन कसरी वढाउन सकिन्छ भन्ने योजना लिएर अगाडी वढ्ने छौ उनको धारणा रहेको थियो ।
कार्यक्रममा भवगवती हाईडो पावरका निर्देशक बशन्तमोहन भटराईले कृषि उत्पादन बढाएर चिन धनि भएको प्रशंग उठाउदै ब्यवस्थीत सिंचाई बिना उत्पादकत्व बढाउन नसकिने बिचार राखेका थिए भने वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले विजयपुर सिंचाई प्रणालीमा आउने समस्या प्रति प्रदेश सरकार र महानगरले चासो देखाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा उपभोक्ताहरुको तर्फबाट कोमलनाथ बरालले बाडी पहिरोका कारण भत्कीएका संरचना बनाउन बजेट छैन भन्दै किसानलाई दुःख दिने कामले कसरी हाम्रो उत्पादन वढ्छ भन्दै त्यस तर्फ सरकारी निकाय गम्भीर हुनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष प्रयागराज भण्डारीले पोखरा महानगर पालिकाको वडा नं २६,२७,२९र ३० को करिव १२८० हेक्टरमा सिंचाई पु¥याउदै आएको उक्त नहरको तत्काल मर्मत हुन नसके अवको वर्खामा यस क्षेत्रका जमिन बाझै राख्नु पर्ने अवस्था आउने बारेमा सतर्क रहनु पर्ने जानकारी गराएका थिए ।
सस्थाका सचिव धर्मदक्त बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष क्याप्टेन गणेश प्रसाद गुरुङले राखेका थिए भने कोषाध्यक्ष क्याप्टेन ईन्द्र बहादुर गुरुङले सस्थाको आर्थीक गतिविधीका बारेमा जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्