चैत्र २९, वेगनास / पोखरा महानगरपालिका वडा नं. ३१ बेगनासताल किनारमा हुने माछा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा चैत ३० गते सोमबार हुने कार्यक्रमको तयारी बारे पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्दै यस क्षेत्र विकासका दृष्टिकोणल पछि परेको बताउनु भयो । साविक लेखनाथको पर्यटन प्रर्वद्धन एवम् धामिर्क बिकासका लागि लेखनाथबासी एकजुट छौं भन्ने सकारात्मक सन्देश दिने उद्धेश्यले माछा महोत्सवको आयोजना गरिएको उहाँले स्पष्ट पार्नु भयो ।
कार्यक्रममा लेखनाथका रुपाताल, बेगनासताल, दिपाङताल लगायतका तालबाट उत्पादन हुने विभिन्न प्रजातिका माछाको प्रदर्शनी , गायिका रचना रिमाल लगायतका राष्ट्रिय कलाकारको प्रस्तुति रहने उहाँले जानकारी दिनु भयो । यस षेत्रको विकासमा यहाँका स्थानीय नै अग्रसर हुनुपर्नेमा जोड दिंदै अध्यक्ष लामिछानेले यस कार्यक्रममा स्थानीय सामाजिक संघ संस्थाहरुको सहयोग रहने जानकारी दिनु भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष गोपी चन्द्र बास्तोलाले यस क्षमेत्रको प्रचार प्रसार गरी यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सबै लाग्नुपर्नेमा जोड दिनु भयो । उज्यालो बेगनास, उज्यालो लेखनाथ बनाउन लेखनाथ उद्योग वाणिज्य संघ सम्बन्धित निकायसँग समन्वय गरीरहेको जानकारी दिंदै माछा महोत्सवलाई सफल बनाउन लेखनाथ उद्योग वाणिज्य संघले सक्दो सहयोग गर्ने बताउनु भयो ।
विभिन्न सामाजिक संघ संस्थाहरुको प्रतिनिधिमुलक रुपमा सहभागीता रहेको कार्यक्रममा मिलनसार तमुसमाज बेगनासतालका अध्यक्ष इश्वर गुरुङले समाजको झाँकी र्याली , भेषभुषा सहित नृत्य प्रस्तुत गर्ने जानकारी दिनु भयो । यसै गरी मत्स्य व्यवसाहिरुले उक्त दिन विभिन्न प्रजातिका माछाहरु विक्रिवितरण गर्ने जानकारी दिनु भयो । यसै गरी संघका पूर्व उपाध्यक्ष कमल लामिछानेले यस क्षेत्रमा विद्युतको समस्या रहेको बताउँदै यस क्षेत्रमा चोरी डकैतीको समस्या बृद्धि हुँदै गइरहेको बताउनु भयो । यस क्षेत्रमा सि सि क्यामेरा तत्काल जडान गर्नुपर्ने कुरामा जोड दिंदै आफूहरुले सम्बन्धित निकायमा यस्ता समस्याका बारेमा अवगत गराउँदा सुनाइ नभएको दुखेसो व्यक्त गर्नु भयो ।
यसै गरी संघका महासचिव शक्ति श्री कोइरालाले थोरै बजेटले छोटो समयमा १ दिनको कार्यक्रमको आयोजना गरिएको बताउँदै यसका लागि सरोकारलाला सबैले सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष बिरभद्र कंडेलले आफू अध्यक्ष हुँदा यस क्ष्ेत्रको विकासका लागि स्थानीय निकाय, पोखपरा महानगर , पर्यटन बोर्ड , प्रदेश सरकार , लेखनाथ उद्योग वाणिज्य संघमा भेरै भन्दा धेरे पहल गरेको अनुभव व्यक्त गर्दै यस क्षेत्रको विकासका लागि सकारात्मक धाराण आफूले नपाएको दुखेसो व्यक्त गर्नु भयो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष किरण खनाल, पूर्व अध्यक्ष अर्जुन लम्साल, कृष्ण तिमिल्सिना, धार्मिक पर्यटका अध्यक्ष शान्ति खनाललगायतले यस षेत्रको विकासमा हामी आफै जुट्नुपर्नेमा जोड जिदनु भयो ।
पाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा वेगनासताल किनारमा फिस फेष्टिवलको आयोजना गरेको छ।
चैत्र ३० गते एकदिने कार्यक्रममा वेगनास तथा माछामा परिकारको बिक्रि तथा प्रदर्शन, सांगीतिक र सांकृतिक कार्यक्रम हुने आयोजकले जानाकारी दिएको छ ।
नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न चर्चित गायिका रचना रिमाल वेगनासतालमा आउने छिन। त्यस्तै पोखरेली ब्याण्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत थुप्रै कलाकारहरुले प्रस्तुति रहने आयोजकले बताएको छ।
संस्थाका अध्यक्ष सुरेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव शक्ति श्री कोइरालाले गर्नु भएको थियो ।









