लेखनाथ, चैत ३० । पोखरा ३१ बेगनासताल बराह क्षेत्र विकास संस्थाको अध्यक्षमा सुरेन्द्र सापकोटा चयन हुनु भएको छ । संस्थाको आइतबार सम्पन्न भएको चौथो अधिवेशनले सापकोटालाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा भुवनेश्वर कडेल, सचिवमा प्रदीप राज कडेल, सह–सचिवमा संकल्प कंडेल र कोषाध्यक्षमा सीता हिमाल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । यसै गरी सदस्यहरूमा विष्णु माया कंडेल, ओम कुमारी बराल, फणीन्द्र कंडेल, रमेश कंडेल, ज्ञानु जलारी र केशवराज तिवारी निर्वाचित हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष ढकनाथ कंडेलले बेगनासताल क्षेत्रको विकासले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला निकायहरू सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।
उक्त कार्यक्रममा वडा सदस्यहरू देवेन्द्रराज अधिकारी र विनोदमणि लामीछाने, साथै बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारी , समाजसेवि गङ्गाराम सुबेदि, होटर तथा रेष्टुरेन्ट एसोसियसनका पूर्व अध्यक्ष बिरभद्र कडेल , संस्थापक अध्यक्ष वद्दिनाथ कंडेल लगाएतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सस्थाका सचिब सुर्य तिवारीले गर्नु भएको कुरा श्रीराम कंडेलले जानकारी दिनु भयो ।