माझठाना, ७ बैशाख । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गरिने भएको छ ।
पोखरा महानगरपालिका वडा नं.१३ का पूर्व वडा अध्यक्ष दर्शन लामाले विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न एवम् जेहेन्दार ४० जना विद्यार्थीहरुलाई पोशाक, स्टेशनरी लगायतका शैक्षिक खर्च यसै शैक्षिक सत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । शिक्षाको ज्योतीबाट कोही बालबालिका पनि बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दे आएको सो अवसरा उहाँले जानकारी दिनु भयो । “मेरो एउटा सानो सहयोगले बालबालिकाको अध्ययनमा हौसल्ला मिल्ने र यसले समाजमा पनि सकारात्मक सन्देश जाने छ, उहाँले भन्नु भयो । आफू वडा अध्यक्ष हुँदा पनि आफ्नो वडा भित्र विद्यालयका बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी विद्यालयमा जाने वातावरण सिर्जना गरेको स्मरण गर्नु भयो ।
समाजमका हरेक क्षेत्रका व्यक्तिहरुले बालबालिकालाई विद्यालय जाने वतावारण बनाउनुपर्नेमा जोड दिंदै लामाले विद्यालयमा पनि व्यवस्थापन समिति, प्रशासन, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थीहरुको संयुक्त प्रयासले मात्र सामुदायिक विद्यालयलाइृ समय सापेक्ष अनुसार परिवर्तन गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
यसै गरी विद्यालय व्यवसथापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले साविक माझठानामा रहेको यस सामुदायिक विद्यालयमा सरोकार वाला सबैको सहयोगले नै विद्यालयलाई यहाँ सम्म सकिएको बताउनु भयो । गत शैक्षिक सत्रमा विद्यालयमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई डे बोर्डस सञ्चालन गरी पठनपाठन गरिएको जानकारी दिनु भयो । यसले विद्यालयमा शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुगेको बताउनु भयो । यस शैक्षिक सत्रमा आर्थिक रुपमा विपन्न, असायह र जेहेन्दार ४० जना विद्यार्थीलाई सहयोग गर्ने दर्शन लामा प्रति अभार एवम् कृतज्ञता व्यक्त गर्नु भयो ।
शिक्षक अभिभावक संघका अध्यक्ष मंगल बहादुर नेपालीले विद्यालयमा सबैले सकारात्मक सोच राखेर काम गर्नुपर्नेमा जोड दिंदै शैक्षिक वातावरण बनाउन सबैको साझा उद्धेश्य हुनपर्ने र यसका लागि शिक्षक अभिभावक संघ , व्यवस्थापन समिति, विद्यालय प्रशासन लागि परेको बताउनु भयो ।
कार्यक्रम संयोजक एवम् विद्यालयका पूर्व विद्यार्थी समिर तिमिल्सिना, मादी ६ का पूर्व वडा अध्यक्ष पस बहादुर बास्तोला, विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र तिवारी, महेश्वर अधिकारी, शिक्षक प्रतिनिधि पूर्ण बहादुर खत्री, समितिका सदस्य मुना लामिछाने, सामाजिक व्यक्तित्व प्रकाश आचार्य, असिम थापा लागयतले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका सदस्य अनिता भूर्तेल बजगाइले स्वागत गर्दै यस शैक्षिक सत्रमा योजना बनाएर जानुपर्नेमा जोड दिंदै सहयोगी व्यक्तित्वप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्नू भयो ।








