सक्नेरीको शिव पुराणमा भत्तजनको बाक्लो उपस्थिती

  • ख-
  • ख+

लेखनाथ १५ साउन । पोखरा महानगरपालिका वडा नं २६ को बुढिवजार स्थीत सक्नेरीमा सनिवार देखि सुरु भएको शिव पुराण ज्ञान महायज्ञमा भक्तजनहरुको बाक्लो उपस्थिती रहेको छ । साउनको महिना शिवको महिना भएकाले त्यस क्षेत्र बरपरका भत्तजनहरु शिवको महिमाका बारेमा ज्ञान लिन पाईने भएपछि धार्मीक भावले यज्ञ परिसरमा आउने गरेको पाईएको छ ।

धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ लोक सास्कृतीक संरक्षण समिति र उज्जवल आमा समुहको संयुत्त आयोजना र विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्यमा आयोजना गरिएको महायज्ञमा दैनिक जसो पाँच सयको हाराहारीमा भक्तजनहरु आउने गरेको आयोजक समितिका संयोजक जगननाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।

बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार,राष्ट्र कल्याण,बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती ,जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेस्यले ज्ञान महायज्ञ गर्न लागिएको हो ।

महायज्ञ संचालनको दोस्रो दिनसम्म आईपुग्दा करिव तिन लाख २५ हजार आर्थीक सहयोग संकलन भएको छ भने आईतवार पोखरा २६ वुढिवजार निवासी स्वर्गीय कमल अधिकारीको स्मृतीमा श्रीमती लक्ष्मी अधिकारीको परिवारबाट एक लाख २५ हजार पाँच सय पाँच सहयोग प्राप्त भएको छ ।

साउनको महिना भनेको शिवको महिना र यो वर्षको साउनमा मात्र पाँचवटा सोमवार परेकाले समाजमा धर्मको भावना सृजना गर्दै शिवको महिमालाई उजागर गर्नका लागि साउनको १४ देखि २२ गतेसम्म शिव पुराण ज्ञान महायज्ञ गर्न लागेको मुल आयोजक कमिटिकी सह संयोजक सरस्वती गौतमको भनाई रहेको छ ।

नौ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा दिगदर्शन वाचन शिरोमणि दीपक सापकोटा प्रमुख बाचक र युवा पण्डित रामप्रसाद सिग्देल उप वाचकको मुखाराविन्दुबाट दैनिक रुपमा भजन कृतन सहितको संगितमय प्रवचन हुने गरेको छ ।

शनिवार देखि सुरु भएको महायज्ञको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका थिए भने यज्ञ उद्घाटन पुर्व यज्ञ स्थलबाट वुढिबजार हुदै संगमनगर, विजयपुर हुदै पुन यज्ञ स्थलसम्म भजन कृतन सहितको कलश यात्रा निकालीएको थियो ।

शिव पुराण ज्ञान महायज्ञमा करिव आठ लाख ५० हजार खर्च लाग्ने र भत्तजनहरुबाट करिव एक करोड ५० लाख संकलन गर्न सकिने अनुमान लोक सास्कृतीक संरक्षण समितिका सस्थापक अध्यक्ष खेम प्रसाद भण्डारीको भनाई रहेको छ । यसै विच यज्ञको तेस्रो दिन सोमवार साँझ सात बजे महाआरतीको कार्यक्रम समेत राखिएको आयोजकले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्