पोखरा, जेठ ३ — पोखरा महानगरपालिका वडा नं. १९ अन्तर्गत रहेको श्री धारा आधारभूत विद्यालय, चुरुङ्गा कास्कीमा अध्ययनरत ६० जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी समाग्री वितरण गरिएको छ।

सहयोगदाता विजयराज भण्डारी
शनिबार आयोजित एक समारोहबीच सामाजिक तथा शैक्षिक व्यक्तित्व, जनप्रकाश बहुमुखी क्याम्पस पोखरा–२९ का क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विजयराज भण्डारीले उक्त सामग्री वितरण गर्नु भयो ।
नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष भण्डारीले आफ्नो सानो सहयोगले विद्यार्थीहरूमा पढाइप्रति लगनशीलता, उत्साह र हैसला बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष एवं नव प्रभात माध्यमिक विद्यालय पोखराका पूर्व प्रधानाध्यापक विजयराज भण्डारीले शिक्षा क्षेत्रको विकासमा सरोकारवाला सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पृथ्वी नारायण क्याम्पस स्नातकोत्तर कार्यक्रम अन्तर्गत अंग्रेजी विभाग संयोजक प्रा. डा. पृतिराज वास्तोला तथा लक्ष्मी आदर्श माध्यमिक विद्यालय पोखराका विद्यालय व्यवस्थापन समिति सदस्य एवं सामाजिक अभियन्ता मोहनकुमार वास्तोलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यस्तै, ट्रेड युनियन कांग्रेस कास्कीका वरिष्ठ उपाध्यक्ष तथा शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम कडेलले सहयोगदाता भण्डारीले शिक्षा क्षेत्र लगायत विभिन्न क्षेत्रमा आफ्नो व्यक्तिगत रुपमा पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो।
कडेलका अनुसार भण्डारीले यसअघि पनि पोखराका विभिन्न विद्यालयहरूमा महत्वपूर्ण आर्थिक तथा शैक्षिक सहयोग प्रदान गर्दै आउनुभएको छ। उहाँले त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालय, पोखरा–३० मा दुई लाख रुपैयाँ, लक्ष्मी आदर्श माध्यमिक विद्यालय, पोखरा–२७ मा एक लाख रुपैयाँ, सिर्जना बहिरा माध्यमिक विद्यालय, पोखरा–२६ मा एक लाख रुपैयाँ, रत्नशोभा माध्यमिक विद्यालय, पोखरा–२८ मा एक लाख पचास हजार अक्षयकोष स्थापना, शान्ति आधारभूत विद्यालय, पोखरा–३० मा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।
यसै वर्ष पनि भण्डारीले विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी वितरण कार्यलाई निरन्तरता दिनुभएको छ।
भण्डारीले रूपा गाउँपालिकास्थित श्री माइ मैदान आधारभूत विद्यालयका २५ जना तथा कल्प आधारभूत विद्यालयका २५ जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरीसक्नु भएको छ । माछापुच्छ«े गाउँपालिका अन्तर्गत बाराही आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई पनि विद्यालय पोशाक वितरण गरिएको कुरा कंडेलले सो अवसरमा जानकारी दिनु भयो ।


कार्यक्रममा समाजसेवी विष्णु वास्तोला , शिक्षक अभिभावक संघका अध्यक्ष ढाकामोहन वास्तोला, विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतम लगायतले आ–आफ्नो धाराणा राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक, शिक्षक तथा विद्यार्थी उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका सल्लाहकार तथा नेपाल सरकारका पूर्व उपसचिव दयाराम गौतमले स्वागत गर्दै शिक्षाको विकासमा सरोकारवालाहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।










