सोमबार दिउसो ३ बजे आएको असिना, हावाहुरीले पोखरा २८ माझठानामा ठूलो क्षती पु¥याएको छ ।
एक्कासी आएको हावा हुरीले किसानको बालीनाली , घरको छाना, रत्नशोभा माध्यमिक विद्यालयको छाना, भौतिक संरचनामा लाखौंको क्षति पु¥याउनुका साथै विभिन्न स्थानमा रुख ढलेर बाटो अवरुद्ध बनाएको थियो । वडा सदस्य कमल थापाका अनुसार डोजर ल्याएर बाटोमा ढलेका रुख पन्छाएर बाटो खुलाउने कार्य भएको हो ।
असिना र हुरीले तरकारी, फलफूल वा भौतिक क्षतिको एकिन विवरण भने आउन बाकी रहेको बताइएको छ । माझठाना रैकर निवासी कृष्ण थापाको घरको छानाको टिनका पाता हावाले उडाउँदा बिचल्ली बनाएको थियो । किराना पसल समेत रहेको घरमा ठूलो क्षती भएको शिव थापाले जानकारी दिनु भयो ।
यसै गरी किसानले लगाएको तरकारी टनेल, गाई भैंसी गोठ , कुखराको खोरमा हावाहुरीले नोक्सान पु¥याएको नेपाल रेडक्रस सोसाइटी पोखरा २८ का उपसभापति राजेन्द्र प्रसाद तिवारीले जानकारी दिनु भएको छ ।

यस्तै गरी रत्नशोभा माध्यमिक विद्यालयको प्रशासनिक भवनको छाना माथि वरको हाँगा खस्दा क्षती भएको प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार प्रधानाध्यापकको कार्यकक्ष, लेखापालको कार्यकक्षमा हावाहुरीले क्षती पु¥याएको छ ।

यसै गरी लामिछाने गाउँमा नवराज लामीछाने , सावीत्री लामिछानेको , शिवकुमारी लामिछाने घररको टिनको छानो हावाले उडाएर क्षती पुरयाएको पुर्ण बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार थपाा गाउँमा मिन बहादुर थापा, बेल बहादुर थापा घरको छाना उडाएर क्षेति पु¥याएको छ।

पोखरा २८ कै डाँडा गाउँ, तिवारी गाउँ, कंडेल गाउँ, ओख्ले , शान्ति मैदान, कालिका लगायतका विभिन्न स्थानहरुमा असिना पानी र हावा हुरीले घरका छाना उडाउनुका साथै किसानले लगाएका तरकारी टनेल, पशु चौपायको गोठ, किसानले लगाएको खेतीबालीमा ठूलो असर पारेको रैकर टोल विकास संस्थाका अध्यक्ष निर्मल कार्कीले जानकारी दिनु भयो ।