माझठाना, जेठ १४ — पोखरा महानगरपालिका वडा नंं२८ मा गत जेठ ११ गते आएको विनाशकारी असीना पानीसहितको हावाहुरीका कारण प्रभावित भएका सदस्यहरूलाई राहत स्वरूप साना किसान कृषि सहकारी संस्था लि., पोखरा–२८, माझठानाले बिहिवार त्रिपाल वितरण गरेको छ।
हावाहुरीका कारण धेरै सदस्यहरूको घर, गोठ तथा दैनिक जीवनमा क्षति पुगेको भन्दै संस्थाले गम्भीर दुःख व्यक्त गरेको छ। प्रभावित सदस्यहरूको समस्या केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत तत्काल राहतस्वरूप १५ थान त्रिपाल वितरण गरिएको संस्थाका अध्यक्ष रामकृष्ण तिवारीले जानकारी दिनु भयो ।
कठिन परिस्थितिमा आफ्ना सदस्यहरूसँग संस्था सदैव सहकार्य र साथमा रहेको प्रबन्धक रबि रानाभाटले प्रतिबद्धता व्यक्त गर्दै प्रभावित सदस्यहरूलाई धैर्य धारण गर्न तथा सुरक्षित रहन हार्दिक अनुरोध गर्नु भएकोछ ।








