माझठाना, असार २ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पोशाक , ट्रयाक, ज्याकेट , जुता एवम् स्टेशनरी सामग्री वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.१३ का पूर्व वडा अध्यक्ष एवम् सामाजिक युवा व्यक्तित्व दर्शन लामाले विद्यालयमा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न एवम् जेहेन्दार ४५ जना विद्यार्थीहरुलाई पोशाक, स्टेशनरी लगायतका शैक्षिक सामग्री मंगलबार बितरण गर्नु भएको हो ।
शिक्षाको ज्योतीबाट कोही बालबालिका पनि बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ आफूले विगत २०७० साल देखि विद्यार्थीहरुलाई सहयोग गर्दै आएको बताउँदै आर्थिक रुपमा विपन्न भएका विद्यार्थीहरुलाई अतिरिक्त कक्षाको लागि लाग्ने शुल्क समेत सहयोग गरेको लामाले जानकारी दिनु भयो ।
“मेरो एउटा सानो सहयोगले बालबालिकाको अध्ययनमा हौसल्ला मिल्ने र यसले समाजमा पनि सकारात्मक सन्देश जाने छ, उहाँले भन्नु भयो ।“ आफू वडा अध्यक्ष हुँदा पनि आफ्नो वडा भित्र विद्यालयका बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी विद्यालयमा जाने वातावरण सिर्जना गरेको स्मरण गर्नु भयो ।
यस विद्यालयमा शैक्षिक वातावरण रामं्रो पाएको बताउँदै लामाले आगामी दिनमा राम्रो सँग् अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै सोही घरमा पनि सोही अनुसारको वातावरण निर्माण गर्न अभिभावकलाई पनि आग्रह गर्नु भयो ।
समाजमका हरेक क्षेत्रका व्यक्तिहरुले बालबालिकालाई विद्यालय जाने वतावारण बनाउनुपर्नेमा जोड दिंदै लामाले विद्यालयमा पनि व्यवस्थापन समिति, प्रशासन, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थीहरुको संयुक्त प्रयासले मात्र सामुदायिक विद्यालयलाइृ समय सापेक्ष अनुसार परिवर्तन गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
विद्यालयका शिक्षकहरु , अभिभावक, भूतपूर्व विद्यार्थी एशोसियसन कार्य समितिका उपाध्यक्ष सूर्य बहादुर थापा, सदस्य विष्णु बहादुर अधिकारी, कार्यक्रम संयोजक एवम् विद्यालयका पूर्व विद्यार्थी समिर तिमिल्सिना, मादी ६ का पूर्व वडा अध्यक्ष पस बहादुर बास्तोला, सामाजिक युवा व्यवसायिहरु, शिक्षक प्रतिनिधि पूर्ण बहादुर खत्री लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको विद्यालयका सूचना अधिकारी गोपी माया गुरुङले जानकारी दिनु भयो ।