पोखरा । कृर्ति वल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा–२८ कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको पहिलो साधारणसभा तथा पहिलो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको हो ।
कार्यसमितिको उपाध्यक्षमा श्याम प्रसाद तिमिल्सेना चयन भए । सचिवमा गुरु प्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चुनिए । कार्यसमिति सदस्यहरुमा चन्द्रा शर्मा,नारायण प्रसाद त्रिपाठी,लिला मोहन कुइकेल,प्रविण नेपाली,किरण राज तिमिल्सेना,सागर अधिकारी र रचना भुजेल रहेका छन् ।
मञ्चका नवनिर्वाचित अध्यक्ष कीर्तिबल्लभ त्रिपाठीले संस्थाको उद्देश्य अनुसार सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने, ‘सम्पूर्ण भूपू विद्यार्थीलाई एकताबद्ध गर्दै मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउनेछु ।’ आफ्नो योग्यता र अनुभवको प्रयोग गरी विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्ध बलियो बनाउन आफू निरन्तर क्रियाशील रहने उनले बताए ।
अधिवेशनको पहिलो सत्र मञ्चका संयोजक कृर्ति वल्लभ त्रिपाठीको सभापतित्वमा भएको थियो । कार्यक्रममा विभिन्न वर्षका पूर्व विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो । लामो समयपछि एकै ठाउँमा भेला भएका साथीभाइबीच अनुभव साटासाट र पुरानो सम्झनाले वातावरण उत्साहपूर्ण बनेको थियो ।
कार्यक्रममा प्रमुख अथिति विद्यालयका पुर्व प्रधानाध्यापक पुष्पराज पौडेलले विद्यालयको शैक्षिक, भौतिक र सामाजिक विकासमा भूपू विद्यार्थीको भूमिका निकै महत्वपूर्ण हुने बताउदै उनीहरुले आपसी एकता, भाइचारा र सहकार्यलाई सधैं निरन्तरता दिनुपर्ने बताए । पौडेलले आफुले जनज्योती माविमा बिताएका दिनहरु स्वर्णीम रहेको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान नगर प्रमुख मान वहादुर जिसीले माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिउको बताउदै ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कायृकारी निर्देशक विश्व मोहन अधिकारीले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मञ्चका सल्लाहकार हरि प्रसाद त्रिपाठी, स्कुलका जग्गादाता तथा व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्र वहादुर पौडेल स्कुलका पुर्व प्रअ माधव प्रसाद पौडेल पोखरा २८ कि वडा सदस्य डाल्डादेवि भुजेल स्कुलका जग्गादाताहरूको तर्फबाट सुरेन्द्र अधिकारी जन ज्योती मा विका प्रअ उतम कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मञ्चका विभिन्न कार्यक्रममा सयोग गर्ने सयोगदाताहरू स्कुलका जग्गादाताहरूलाई सम्मान गरिएको थियो । जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव गुरु प्रसाद त्रिपाठीले गरेका थिए भने स्वागत मन्तव्य मञ्चका सह सयोजक श्याम प्रसाद तिमल्सेना गरेका थिए ।
जनज्योति मा। बि। भुपु विद्यार्थी मन्चको बैधानिक रुपमा २०८२ पौष १० गते दर्ता गरि कानुनी मान्यता प्राप्त गरेको थियो । वि।स। २०१६ सालमा स्थापना भएको विद्यालयले २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको थियो । माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिन्छ । ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । अनुशासन, मेहनत र सामाजिक मूल्यमा आधारित शिक्षाले यहाँका विद्यार्थीलाई सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।