रत्न शाोभा मा.वि.बाट २०४६ साल एस एल सीमा सहभागी विद्यार्थीहरुको पूनर्मिलन कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ६ फागुन । पोखरा महानगरपालिका वडा नंं२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयबाट २०४६ सालमा एस एल सीमा सहभागी भएका विद्यार्थीहरुको पूनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं.२८ पर्यटकिय स्थल ठूलाकोटमा बनभोज कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । ३४ वर्ष पछि उक्त वर्षमा एस एल सि मा सहभागी भएका विद्यार्थीहरु भेला भएर आफ्ना अनुभवहरु आदन प्रदान गरेका थिए ।

सो समूहमा स्थास्थ्य क्षेत्रमा , शिक्षा क्षेत्रमा , बैंकिङ क्षेत्रमा , व्यापारिक क्षेत्रमा लागेकाहरुको सहभागीता रहेको सो कार्यक्रममा आगामी दिनमा सके सम्म आफ्नो समूहका सबै साथीहरुलाई समेट्ने र समग्र पोखरा २८ को क्षेत्रको विकास लगायत विविध विषमा छलफल भएको सभागीहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्