वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रत्न शोभा प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १ असार । पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयको आयोजनामा सम्पन्न भएको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा रत्न शोभा माध्यमिक विद्यालय प्रथम भएको छ ।
आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीहरु बिच सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा लेखनाथ आधारभूत विद्यालय द्धितीय , भुर्तेल आधारभूत विद्यालय तृतीय भएका छन् भने सिद्ध आधारभूत विद्यालय सान्त्वना भएको थियो ।
पोखरा २८ का वडा सदस्य एवम् पोखरा महानगर शिक्षा परिषदका सदस्य डाल्डा देवी भुजेलले प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका विद्यर्थीहरुलाई बधाइ दिंदै समय परिस्थिति अनुसार विद्यार्थीहरुलाई किताबी ज्ञानका अलवा सामान्य ज्ञानको पनि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिंदै वडा भित्रका विद्यालयहरु बिचमा सकारात्मक शैक्षिक वातावरण बन्न सकोस भन्ने उद्धेस्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारिन् । प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय हुनु भन्दा पनि सहभागीता नै महत्वपूर्ण हुने बताउँदै सहभागीताबाट नै आगामी दिनमा सफलता प्राप्त गर्न सकिने बताइन् ।
त्यस्तै गरी जनज्योती माविका प्रधानाध्यापक रुद्र बहादुर थापा, लेखनाथ आधारभूत विद्यालयका शिक्षक सुनिता भुजेल लगायतले वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता अति महत्वपूर्ण कार्यक्रम भएको बताउँदै यस्ता शैक्षिक कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गरेका थिए भने वडा सदस्य डाल्डा देवी भुजेलको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो भने जनज्याेती माद्यमीक विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर थापाले कार्यत्रमकाे सहजिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्