लेखनाथ हार्डवयर एसोसियसनको वार्षिकोत्सवमा सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १ असार । लेखनाथ हार्डवयर एसोसियसनले दशौ वार्षिकोत्सवको अवसरमा बौद्धिक अपा®ताको संरक्षण गर्दै आएको सुनौलो विहानी संस्थालाई खाद्यसामाग्री एवं निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

पोखरा महानगरपालिका वडा नंं ३०, पावरहाउसमा रहेको सुनौलो विहानी संस्थाका मस्तिष्क पक्षघात स्वावलम्बन बालवालिकालाई शनिवार एक समारोहका विच पोखरा महानगरपालिका वडा नंं ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले संस्थाका उपाध्यक्ष विश्वराज लामिछानेलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष सुवेदीले मानव भएर मानवलाई सहयोग गर्नु नितान्त सामाजिक कार्य भएकाले मानव सेवामा लाग्नु नै आजको औचित्य भएकाले यसोसियसनले गरेको कार्यको प्रसंसा गर्दे आत्मा विश्वास र भरोषामा रहेका मस्तिष्क पक्षघात स्वालम्बन बालवालिकालाई सशक्त रुपमा मन खोलेर सहयोग गर्न सवैमा आग्रह गरे ।

कार्यक्रममा लेखनाथ हार्डवयर एसोसियसनका अध्यक्ष अर्जुनराज पगेनी, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका डा. सन्दीप ओझा, राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, संस्थाका वरिष्ठ सल्लाहकार भक्तबहादुर के.सी., कार्यक्रम संयोजक एवं संस्थाका सदस्य सुवास कंडेल लगायतले आ आफ्नो धारणा प्रस्तुत गरेका थिए । भने कार्यक्रमको संचालन संस्थाका महासचिव शिवराज अधिकारीले गरेका थिए ।

सोही अवसरमा सुनौलो विहानी संस्थामा रहेका वाल वालिकाहरुको स्वास्थ्य परिक्षण गरि आवस्यक परामर्श दिइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्