पोखरा, १७ भदौ । पोखरा महानगरापालिका वडा नं. ३१ जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा बेगनासताल बराह महाआरती व्यवस्थापन समिति, बेगनासताल महिला समूह, राम मन्दिर व्यवस्थापन समिति, होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथ, बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास युवा क्लब, बेगनासताल डुङ्गा व्यवसायिक समितिको संयुक्त आयोजनामा शान्ति द्धीप प्रज्वलन कार्यक्रम बुधबार साँझ सम्पन्न भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीको विनाशकारी बाढीमा परी मृत्युबरण गरेका नेपाली विभिन्न मुलुकका पर्यटकको सम्झनामा पोखरा ३१ बेनाताल बसपार्क नजिकै रहेको खोलाछेउ सडकमा शन्ति द्धीप प्रज्वलन गरीएको हो ।
द्धीप प्रज्वलन कार्यक्रममा जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, वडा नं.३१ का वडा सदस्य बिनोद लामिछाने लगायतले ब्रह्मलिन भएका नेपालीको चिर शान्तिको प्रार्थना गर्दै यस कठिन घडीमा शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भयो । हराइरहेका व्यक्तिहरुको खोजी एवम् उद्धार तथा अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत प्रकट गरिएको थियो ।
शान्ति द्धीप प्रज्वलन कार्यक्रमले पीडामा छट्पटाइरहेका परिवारजनहरुमा धैर्यता, राहत प्रदान हुने जलेश्वर शिब मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममणि अधिकारीले विश्वास व्यक्त गर्नु भयो । आयोजक संस्थाहरुका अनुसार मानवता र एक्यबद्धताको यो शान्ति द्धीपले संकटको अँध्यारोलाई चिर्दै अगाडि बढ्ने शन्क्ति दिनेछ । जलेश्वर शिब मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममणि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् बेगनासताल बराह महाआरती व्यवस्थापन समितिका सचिव कृष्ण प्रसाद ढुङ्गानाले गर्नु भएको थियो भने स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यक्तिहरु, सामाजिक व्यक्तिहरु लगायतको उल्लेखनीय उपस्थिती रहेको बेगनासताल महिला समूकी सचिव शक्ति श्री कोइरालाले जानकारी दिनु भयो ।








