पोखरा महानगरपालिका वडा नंं३१ स्थित पचभैयामा एक महिने स्वस्थानी कुम्भ मेला हुने भएको छ । पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पुष २९ गते देखि सुरु हुने भएको हो ।
पचभैयामा कृयासिल विभिन्न सामाजिक संघ संस्था , बुद्धिजीवि , पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारी र सल्लाहकारको संयुक्त रुपमा बसेको बैठकले एक महिने स्वस्थानी कुम्म मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार दिननाथ ढकालले विगतमा आफूले गरेका सामाजिक कार्यको स्मरण गर्दै एक महिने श्री स्वस्थानी व्रतकथा कार्यक्रम सम्पन्न गर्न मातृशक्ति, युवा शक्ति लगायत सम्पूर्ण जनशक्ति संगठित हुनुपर्नेमा जोड दिनु भयो । पचभैया पञ्चपाण्डवको इतिहास बोकेको क्षेत्र भएर पनि प्रचार प्रसारको कमीले ओझेलमा परेको गुनासो गर्दै सबैले विगतमा भएका कमीकम्जोरीबाट शिक्षा लिंदै धार्मिक तथा शैक्षिक संस्थाको संरक्षण गर्न सके यस क्षेत्रको पर्यटनको विकास गर्न सकिने बताउनु भयो । साथै उक्त अवसरमा आफ्नो परिवारको तर्फबाट एक लाख द्धिप प्रज्वल गर्ने ढकालले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी अम्मर सिद्ध नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुराहरी कोइरालाले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने उद्धेश्यले स्वस्थानी पूजा आराधाना तथा भजनकिर्तन कार्यक्रमको आयोजना गरिएको आफूले महशुष गरेको बताउँदै सबै सरोकारवालाहरु अनुशासित हुन जरुरी रहेको बताउनु भयो । एक महिना सम्म सञ्चालन हुने कार्यक्रम सम्पन्न गर्न यस क्षेत्रमा सुरक्षित वातावरण हुनुपर्नेमा जोड दिंदै छिमेकी गाउँहरुका आमा समूह लगायत सामाजिक संघ संस्थालाई पनि सहभागी गराउन सुझाव राख्नु भयो । आगामी दिनमा धार्मिक तथा पर्यटन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सके आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिने उहाँले बताउनु भयो ।
यसै गरी समितिका पूर्व अध्यक्षहरु हरि घिमिरे , नरनारायण थापा, बिचित्रनाथ अधिकारी ले प्रचार प्रसार कम भएका कारण धार्मिक तथा पर्यटन क्षेत्रका हिसावले महत्व बोकेको यस क्षेत्रमा अवस्थित पचभैया देउरालीको महत्व कम भएको बताउनु भयो । यसै गरी दयासागर अधिकारी, खिमलाल पोख्रेल, होटल तथा रेष्टुरेण्ट एशोसियनका पूर्व अध्यक्ष अर्जुन लम्साल, लाँकुरी आमा समूहकी अध्यक्ष डिल मायाँ क्षेत्री, देउराली अमा समूहका अध्यक्ष सुनिता थापा, राजेश परियार, रामजी पौडेल, सन्तोष गुरुङ, रामभक्त थापा, कथा बाचन पण्डित कृष्ण गौतम, पदम लामिछाने लगायतले यस क्षेत्रको समग्र विकासमा सबै जना एक जुट हुनुपर्नेमा जोड दिंदै यस कार्यक्रमलाई भव्य र सभ्य रुपम सम्पन्न गर्न आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विगत दुई वर्ष देखि एक महिना स्वस्थानी कुम्भ मेलाको आयोजना गर्दै आएको समितिले यो वर्ष एक करोड द्धिप प्रज्वलन गर्ने उद्धेश्य रहेको जानकारी दिंदै समितिका अध्यक्षा पुरुषत्तोम अधिकारीले सबैको सल्लाह र सुझावको अपेक्षा गर्दै सहयोग गर्न आग्रह गर्नु भयो ।
उक्त कार्यक्रम सम्पन्न गर्न अर्जुन लम्सालले दुइ लाख द्धिप प्रज्वलन गर्न लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसै गरी पदम लामिछाने , रामजी पौडेल, सन्तोष गुरुङ, रामभक्त थापा, सुनतिा थापा, पण्डित कृष्ण गौतम, दिननाथ ढकाल, लाकुरी आमा समूह, कृष्ण प्रसाद त्रिपाठी, सत्यदेवी अधिकारी, नरनारायण थापा, रुपा लामिछाने, कृष्ण बहादुर परियार, अमृता थापा, विष्णु परियार, बिचित्रनाथ अधिकारी, मनदेवी अधिकारीले एक लाख द्धिप प्रज्वलन गर्न लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको समितिका सचिव गणेश ढकालले जानकारी दिनु भयो ।
पौष शुक्ला पूर्णिमा पुष २९ गते देखि सुरु हुने स्वस्थानी ब्रत कथा कार्यक्रममा कृष्ण गौतम, अमृता गौतम र अनिशा घिमिरे करता रहने र कथा बाचन पण्डित कृष्ण गौतमबाट हुने पण्डित गौतमले जानकारी दिनु भयो । स्वस्थानी ब्रत कथा कार्यक्रमको पहिलो दिन पुष २९ गते राती ८ बजेदेखि १० बजे सम्म भजन गायक शिव शर्मा र बेगनासताल भजन मण्डलीको भजनकिर्तन हुने र उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण भक्तजनहरुमा समितिका अध्यक्ष पुरुषत्तोम अधिकारीले आग्रह गर्नु भयो ।