ऋषिराम रानाभाट
लेखनाथ, माघ ५ । जिल्ला कफी उत्पादक संघ कास्कीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पोखरा ३१ त्रिशुल डाँडामा शनिबार सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३१ वडा सदस्य देवेन्द्रराज अधिकारीले उपभोक्ता, सहकारी र उत्पादन संघ सबै मिलेर अगाडि बढेको आफूले महशुष गरेको बताउँदै किसानहरुले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।
राजनितिक दलहरुले केही नगरेको भन्ने कुरामा आफू सहमत नभएको बताउँदै केही न केही गरिएको बताउनु भयो । जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको स्वीकार गर्दै अधिकारीले विकास निर्माणका कार्य नगर्ने राजनितिक दल र नेताहरुलाई चुनावको बेलामा दण्डित गर्नुपर्ने बताए । सबैले सकारात्मक भावना राखेर अगाडि बढ्नु पर्ने अधिकारीले बताउँदै जिल्ला कफी उत्पादक संघलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रिय कार्यालयका प्रमुख पबित्रा अधिकारीले जिल्ला कफी उत्पादक संघ, राष्ट्रिय चिया तथा कफी बिकास कोर्ड, जिल्ला कफी सहकारी संघ , प्रदेश सरकार, महानगरपालिका र वडा कार्यालय सबै मिलेर अगाडि बढेमा कफी किसानहरुले न्याय पाउने विश्वास व्यक्त गर्नु भयो । बोडेले गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै अधिकारीेले सिमित साधन स्रोतबाट धेरै कार्य गर्नुपर्ने बताउनु भयो । सबै मिलेर अघि बढेमा कफी उत्पादन गर्ने किसान मर्कामा नपर्ने विश्वास व्यक्त गर्नु भयो ।
यसै गरी जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले जिल्ला कफी सहकारी संघ र जिल्ला कफी उत्पादक संघ बिचमा कुनै मतभेद नभएको स्पष्ट पार्दै हराएको जिल्ला कफी उत्पादक संघलाई खोजेर व्यूत्याएको बताउनुु भयो । जिल्ला कफी सहकारी संघ र उत्पादक संघ मिलेर केही गर्न खोजिएको स्पष्ट पार्दै यसले सकारात्मक सन्देश दिएको बताउनु भयो । कफी उत्पादनलाई दिगो रुपमा विकास गर्न राज्यले सामुदायिक बनमा कफी लगाउन पाउनुपर्ने वातावरण बनाउनु पर्ने बताउँदै सुवेदीले कफी उत्पादन किसानालई विमाको व्यवस्थाका साथै अनुदानको व्यवस्था गरेको खण्डमा कफीको उत्पादनमा बृद्धि गर्दै किसानको जविीनस्तरमा समेत बृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
जिल्ला कफी उत्पादक संघका अध्यक्ष तारामणी घिमिरेले संघको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कफी उत्पादक संघको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी गराउँदै आफूले विसम परिस्थितिमा संघको नेतृत्व समालेको बताउनु भयो । संघ विशुद्ध कफी कृषकहरुको संस्था भएको बताउँदै घिमिरेले विगत ६÷७ वर्ष देखि संघको निस्कृयताले कृषकहरुमा निरासा भएको सबैले महशुष गरिएको आवस्थामा आफ्नो नृतृत्वमा गठन भएको कार्य समितिले संघको अफिसियल कागजातहरु चुस्त दुरुस्त राख्ने र संधको कर चुक्ता भुक्तानी गर्ने देखि विद्युत लाइनको लगत कट्टा समेत गरिएको घिमिरेले सो अवसरमा जानकारी गराउनु भयो । संघले जिल्ला कफी सहकारी संघसँग समन्वय गरी संघलाई सवल र सक्षम बनाई कफी किसानहरलाई विश्वसनिय वातावरण सृजना गर्न संघ प्रतिबद्ध रहेको बताउँदै संघका भावी योजनाहरुको बारेमा स्पष्ट पार्नु भएको थियो ।
जिल्ला कफी उत्पादक संघका संस्थापक अध्यक्ष सूर्य प्रसाद अधिकारले कृषि क्षेत्रमा कुनै राजनितिक दलहरुले चासो नदिएको आरोप लगाउनु भयो । कफी उत्पादन संघको ऐतिहासिक पृष्ठभुमिको बारेमा चर्चा गर्दै अधिकारीले कर्ममा विश्वास गर्नुपर्ने बताउनु भयो । केही लिनुभन्दा पनि देशलाई के दिन सक्छु भन्ने सकरात्मक भावना राखेर काम गर्नुपर्नेमा जोड दिनु भयो ।
यसै गरी समाजसेवी गोकर्ण तिवारी, संघका सल्लाहकार विश्वबन्धु पोखरेल, उत्तम कफी उत्पादक समूहका अध्यक्ष कलाधर भुगाई लगायतले सरोकारवाला सबै संगठित भएर कफी उत्पादक संघलाई एक नमूना र उदाहरणीय बनाउनुपर्नेमा जोड दिंदै यसमा सबैको सकारात्मक भावना हुनुपर्ने बताउनु भयो ।
संघका कोषाध्यक्ष शर्मिला भण्डारी लामिछानेले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन संघका सचिव हरिराज घिमिरले गर्नु भएको थियो । संघका अध्यक्ष तारामणी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्षद्धारा प्रस्तुत प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक हरि प्रसाद भुगाईद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारिएको गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।