ऋषिराम रानाभाट
लेखनाथ, १६ माघ । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमीक विद्यालयमा निःशुल्क वृहत स्वास्थ्य शिविर हुने भएको छ ।
माझठाना पोखरा सम्पर्क समाजको आयोजना , पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयको समन्व्यमा र गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, क्षयरोग उपचार केन्द्र पोखरा, हिमालय आँखा अस्पताल,  वि.जी.हस्पिटल एण्ड रिसर्च सेन्टर, भिडियो एक्स –रे पुजन शर्मा, पार्कल्याण्ड हस्पिटल प्रा. ली , समाजका सल्लाहकार, कार्यसमितिका सदस्यहरु, समाजका आजिवन सदस्यहरु , सि एडभान्स पोली क्लिनिक एण्ड कार्डिएक केयर प्रा.लि., सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनि पोखरा शाखा र बिहानी पोल्ट्री सप्लायर्स लगायतका संस्थाहरुको सहयोगमा माघ १७ गते बिहिबार उक्त कार्यक्रम हुने समाजका अध्यक्ष भोला नाथ ओझाले जानकारी दिनु भयो ।
उक्त शिविरमा वरिष्ठ, पेट छाती तथा मुटु रोग विशेषज्ञ डा.चन्द्र बहादुर पुन, वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा निर्मल लामिछाने, बालरोग विशेषज्ञ डा.गण्ेश वि.क.भिडियो एक्स – रे डा.पुजन शर्मा लगायतका अनुभवी विशेषज्ञ डाक्टरहरुद्धारा परिक्षण गरिने समाजका कार्यममितिका सदस्य एवम कार्यक्रम संयोजक बिनोद तिवारीले बताउनु भयो ।
यसै गरी शिविरमा हिमालय आँखा अस्पतालका वरिष्ठ डाक्टरहरुद्धारा आँखा जाँच हुने र पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरका डाक्टरहरुद्धारा दाँतको परिक्षण हुने आयोजकले बताएको छ । यसै गरी स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशा रोग, सुगर र पि एफ टि चाँज समेतको परिक्षण गरीने सो शिविरमा क्षयरोग उपचार केन्द्र पोखराको समूहद्धारा ए आइ प्रविधिको माध्यमबाट एक्स–रे गरिने र निशुल्क औषधी समेत वितरण गरिने समाजका कार्यसमितिका सदस्य एव कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो ।
उक्त निःशुल्क बृहत स्वास्थ्य शिविरका लागि गण्ड्की प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पोखरा महानागरपालिका स्वास्थ्य महाशाखाबाट प्राप्त केही औषधी सहयोग बाहेक समाजले १ लाख तीस हजार बराबरको औषधी खरीद गरी निःशुल्क वितरण गरिने उक्त स्वास्थ्य शिविरमा उपस्थित भई स्वास्थ्य लाभ लिनहुन सम्पूर्ण माझठानाबासीलाई समाजका अध्यक्ष भोलानाथ ओझाले आग्रह गर्नु भएको छ ।