रिठेपानीमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

विष्णुहरि पौडेल
पोखरा, २४ भदौ ।
पोखरा २७ रिठेपानीमा वडास्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राम गुरुङ र देव थापाको जोडी प्रथम भएको छ ।यसैगरी तेज्यू पाल्जै गुरुङ र राजेन्द्र रानाभाटको जोडीले दोस्रो स्थान हासिल गर्न सफल भयो । भूपू सैनिक क्लब रिठेपानीका अध्यक्ष सुवेदार जग बहादुर गुरुङ र पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

राइजिङ्ग स्टार युवा क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले प्रतियोगिता गरेर क्लवले खेलको प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेलेको बताए । क्लबको ब्याटमिन्टन हलमा भएको प्रतियोगितामा २० समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रमको संचालन श्याम खनाल र अञ्चल गुरुङले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्