आर्दश क्लब र एन्फा स्याङजा आर्दश कपको फाइनलमा प्रवेश

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ , २६ भदौं
एन्फा स्याङजा र आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटबल प्रतियोगिताको उपाधिको लागि फाईनल प्रबेश गरेका छन् । मंगलबार भएको दोश्रो सेमिफाईनल खेलमा काठमाण्डौंको जाउलाखेल युथ क्लबलाई एन्फा स्याङजाले १–० को गोल अन्तरले पराजित गदै आयोजक सगँको भेट पक्का गरेको हो । खेलमा म्यान अफ दी म्याच घोषित लक्ष्मण रुचालले गरेको निर्णायक एक गोलले एन्फा स्याङजाले आयोजक आर्दश क्लवसंग फाईनलमा यात्रा तय गरेको हो । ठुलो बर्षादका कारण सोमबार हुने पुर्व घोषित दोश्रो सेमिफाईनल खेल स्थगित भएको थियो । फाइनल खेल भने बुधबार एक बजे पछि हुने भएको क्लवका सचिव पदम गुरुङले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्