बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाडौं, ११ असोज

पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो । बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले ६० रनको योगदान दिए । बलिङतर्फ पाकिस्तानका जुनेद खानले ४ विकेट लिए ।

जवाफमा २ सय ४० रनको चुनौती पछ्याएको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका ईमाम उल हकले ८३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले सम्झनलायक पारी खेल्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्तफिजुर रहमानले ४ विकेट लिए । यो जितसँगै बंगलादेशले भारत विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्