क्लव स्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिता २०७५ को तयारी पुरा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, १५ असोज
क्लव स्तरिय पुरुष तथा महिला भलिवल प्रतियोगिता २०७५ को तयारी पुरा भएको छ । आयोजक पोखरा भलिवल प्रशिक्षण केन्द्र नदिपुरले आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । यहि असोज १७ देखि २० गते सम्म नदिपुर स्थित छन्तयाल समाजको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लावाट खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ ।
पुरुष भलिवल प्रतियोगितामा १५ र महिला तर्फ ७ टिमले सहभागीता जनाउने आयोजकले अनुमान गरेको छ । पुरुष तर्फ प्रतियोगितामा प्रथम हुने समुहले नगद ५१ हजार शिल्ड,मेडल र प्रमाण पत्र तथा द्धितिय हुने समुहले नगद ३१ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक मनोज खड्काले जानकारी दिनुभयो ।
त्यस्तै महिला तर्फ प्रथम हुने समुहले नगद १५ हजार शिल्ड,मेडल र प्रमाण पत्र तथा द्धितिय हुने समुहले नगद १० हजार शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।साथै खेलमा विधागत उपाधीहरु पनि समावेश गरिएको खड्काले बताउनु भयो ।प्रतियोगितमा सहभागीताको लागी रु ४ हजार रुपैया दर्ता शुल्क तोकिएको महासचिव अशोक थापाले जानकारी दिनुभयो ।
भलिवल प्रतियोगिता सँगै विविध सांस्कृतिक ,मनोरञ्जनात्मक एवं हास्य प्रस्तुतिहरु पनि समवेश गरिएको छ । राष्ट्रिय खेलको विकास ,स्वास्थयको लागी खेलकुद, नयाँ खेलाडीहरुको प्रतिभालाई प्रष्फुटनको लागी खेलकुद भन्ने नाराका साथ आयोजित प्रतियोगिताको १५ हजार दर्शकले अवलोकलन गर्ने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज १६ गते २ वजे सम्म नाम दर्ता गरिसक्नु पर्ने थापाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्