लायन्स फुटबल प्रतियोगिता हुने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा , असोज १८ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।

स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक एवं क्लबका पूर्वअध्यक्ष टङ्कराज अधिकारीले जानकारी दिए।
लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै डिष्ट्रिक्टका करीब एक हजार क्लबमध्ये ६० वटा क्लबको प्रतियोगितामा सहभागिता हुने अनुमान गरिएको उनले जानकारी दिए । प्रतियोगितामा खुलातर्फ प्रथम र दोस्रो हुने टिमलाई रु ३५ हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष हरिराम पराजुलीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्वअध्यक्ष टङ्कराज अधिकारीको संयोजकत्वमा विभिन्न १९ वटा उपसमिति गठन गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्