ऋषिराम रानाभाट
लेखनाथ, १० चैत । कास्कीको मादी गाउँपालिका वडा नं.१२ स्थित भगवतीटारमा शनिबार तेस्रो आलु महोत्वस सम्पन्न भएको छ ।
हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिकाको सह आयोजनामा सम्पन्न भएको महोत्सवको आकर्षणको रुपमा रहेको भजन चुट्का प्रतियोगितामा थुम्सिकोट भजन समूह प्रथम, क्युरानी भजन समूह द्धितीय , लिप्यानी भजन समूह तृतीय , ओझागाउँ भजन समूह सान्त्वना र मसिना भजन समूह सान्त्वना भएका थिए ।
कृषि विषयसँग सम्बन्धि रहेर प्रस्तुत गरिएको भजन चुट्का प्रतियोगितामा प्रथम समूहले २० हजार, द्धितिय हुने समूहले १० हजार, तृतीय हुने समूहले ५ हजार र सान्त्वना हुने समूहले ३–३ हजार पुरस्कार प्राप्त गरेको प्रचार प्रसार समितिका संयोजक प्रकाश आचार्यले जानकारी दिनु भयो । यसै गरी छेलो फ्याक्ने प्रतियोगितामा रुपा गाउँपालिका श्यास्त्रीका अरुण विकले प्रथम पुरस्कार नगद रु ७ हजार र मादी ११ का रोशन गुरुङले द्धितीय पुरस्कार नगद रु ३ हजार प्राप्त गरेको संयोजक गिरीराज आचार्यले जानकारी दिनु भयो ।
यसै गरी अर्को आकार्षणको रुपमा रहेको दुना टपरी गाँस्ने प्रतियोगितामा गोरक्ष निखिल आमा समूह भगवतीटार प्रथम, लिप्यानी आमा समूह द्धितीय र थुम्सिकोट आमा समूह तृतीय भएका थिए । उक्त प्रतियोगितामा प्रथम हुने समूहले नगद रु ५ हजार , द्धितीय पुरस्कार रु ४ हजार र तृतीय पुरस्कार नगद रु १ हजार ५ सय प्राप्त गरेको प्रतियोगिताका संयोजक बुद्धि प्रसाद सुवेदीले जानकारी दिनु भयो ।
यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै मादी गाउँपालिका प्रमुख देवीजङ गुरुङले आलु महोत्सवले मादी गाउँपालिकाका बासिन्दा बिच एकताको सन्देश दिएको बताउनु भयो । भजन चुट्का , दुना टपरी गाँस्ने प्रतियोगिता र छेलो फ्याँक्ने प्रतियोगिताले लोप हुँदै गएको संस्ककृतिको संरक्षण र सम्बद्र्धन गर्ने बताउनु भयो । आगामी दिनमा महोत्सवलाई चाडको रुपमा लिंदै निरन्तरता दिन आयोजकलाई आग्रह गर्दै यसका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी भजन चुट्का प्रतियोगिता प्रायोजक पोखरा २८ वडा कार्यालयको तर्फबाट वडा सदस्य डाल्डा देवी भुजेलले यस क्षेत्रको उर्वरा भुमिको चर्चा गर्दै महोत्सवले नेपाली दाजु भाइ दिदी बहिनीहरुमा लुकेर रहेको प्रतिभाको पहिचान भएको बताउनु भयो । भजन चुट्काले हराउँदै गएको संस्कृतिको संरक्षण गरेको बताउँदै यस क्षेत्रको उर्वरा भुमिलाई प्रयोग गर्दै धेरै भन्दा धेरै कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।
मादी ४ का वडा अध्यक्ष शिव सापकोटा, नेपाली कांग्रेस मादीका सभापति याम बहादुर गुरुङ, नेकपा एमाले मादीका अध्यक्ष सुवास सापकोटा,नेकपा माओवादी केन्द्र मादीका अध्यक्ष मित्र बहादुर गुरुङ, मादी गाउँपालिका कृषि शाखाका प्रमुख सबिना भण्डारी , मादी गाउँपालिका निवर्तमान उप प्रमुख विष्णु आचार्य पौडेल, लेखनाथ उद्योग वाणिज्य सघका महासचिव जानुका पराजुली लगायतले महोत्सवको निरन्तरताका लागि सुझाव राख्दै यस क्षेत्रको विकासका लागि सबै बासिन्दाको बैचारिक, आर्थिक भौतिक सहयोग र भावनात्मक एकता हुनुपर्नेमा जोड दिनु भयो ।
मादी १२ का कार्यवाहक वडा अध्यक्ष लक्ष्मी गिरीले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने पैरे भजन समूहद्धारा भजन गीत मार्फत सांगेतिक रुपमा स्वागत गरीएको सांस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक इन्द्र बहादुर खत्रीले जानकारी दिनु भयो ।
हराभरा भगवतीटार कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीको अध्यक्षतामा सम्पन्न भएको महोत्सवमा ३ हजार ५ सय किलो आलु विक्री वितरण भएको र ६ लाख भन्दा बढीको आर्थिक कारोबार भएको र १ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धि प्रसाद पौडेलले जानकारी दिनु भयो । महोत्सवको अवेर बेलुका सम्म पनि आलुको माग अत्यधिक भएको र कृषकले तरकारी खानको लागि राखेको आलु पनि विक्री वितरण भएको समूहका सचिव पौडेलले जानकारी दिनु भयो ।
स्थानीयले उत्पादन गरेका तरकारी तथा फलफुल महोत्वसव मार्फत विक्री वितरण गरी कृषकलाई कृषि उत्पादनमा थप प्रोत्साहित गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सवमा लोक दोहोरी गायक एवम् भजन गायक रामजी पौडेल, लोक दोहरी गायक सुनिल गायक र लोक दोही गायीका सावीत्री शाहीले गीत संगितको माध्यमबाट दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समूहका सचिव महेन्द्र पौडेलले गर्नु भएको थियो । महोत्सवमा विभिन्न कृषि उपज अन्तरगत उत्कृष्ट आलु उत्पादनमा लिलानाथ आचार्य , उत्कृष्ट मुला प्रदर्शनमा मनोज खत्री, उत्कृष्ट बन्दा प्रदर्शनीमा विष्णु माया पौडेल र सरस्वती न्यौपाने, उत्कृष्ट व्हेलमा प्रकाश आचार्य लगायतका कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।