गाउँले मिडिया / सम्वाददाता
लेखनाथ, १३ चैत । कास्की जिल्लाको पोखरा २८ ज्यामिरेमा रहेको तृषना युवा क्लबले प्रथम खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
चैतै दर्शैंको अवसरमा आगामी चैत २३ र २४ गते रत्नशोभा मा.वि.को खेलमैदानमा हुने भएको कुरा क्लबका अध्यक्ष प्रेम बहादुर गुरुङले जानकारी दिनु भयो । भलिबल प्रतियोगिताका साथै छेलो फ्याँक्ने प्रतियोगिता , महिला रस्सा कसी प्रतियोगिता समेतको आयोजना गरिएको खेलकुद संयोजक समित गुरुङले जानकारी दिनु भयो ।
‘राष्ट्रिय खेलको विकास,स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भलिबल प्रतियोगितामा पूथम पुरस्कार नगद रु ६० हजार, शिल्ड , मेडल र प्रमाण पत्र, द्धितीय पुरस्कार नगद रु ३५ हजार , शिल्ड , मेडल र प्रमाण पत्र रहेको आयोजकले बताएको छ । टिम दर्ता शुल्क भने रु ५ हजार रहेको छ ।
यसै गरी छेलो फ्याँक्ने प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ३ हजार र प्रमाण पत्र र द्धितीय पुरस्कार नगद रु २ हजार र प्रमाण पत्र रहेको छ । त्यस्तै गरी महिला रस्साकसी प्रतियोगितामा प्रथम र द्धितीय पुरस्कार कुखराको भाले रहेको बताइएको छ ।
संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै खेलको माध्यमबाट समग्र साबिक माझठानाको विकासमा सकारात्मक सोचको विकास होस भन्ने उद्धेश्यका साथ खुल्ला भबिलबल प्रतियोगिताको आयोजना गरिएको क्लबका उपाध्यक्ष विशाल गुरुङले बताउनु भयो ।
अन्तराष्ट्रिय भलिबल महासंघको नियम अनुसार खेलाइने उक्त भलिबल प्रतियोगितामा प्रत्येक समूहमा ९ जना खेलाडी ,१ जना प्रशिक्षक, १ जना टिम व्यवस्थापक गरी जम्मा ११ जना हुनुपर्ने बताइएको छ । नक आउट प्रर्णालीमा सञ्चालन गरिने उक्त भलिबल प्रतियोगितामा सहभागी भएर प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिनुहुन सम्पूर्ण खेलप्रेमी खेलाडीहरुलाई क्लबका अध्यक्ष प्रेम बहादुर गुरुङले आग्रह गर्नु भयो ।